२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘हेराफेरी ३’मा कामगर्न अस्वीकार गरेपछि परेश रावल विरुद्ध मुद्दा, २५ करोड रुपैयाँ माग

७ जेष्ठ २०८२, मंगलवार १७:०२

काठमाडौँ । बलिउड फिल्म ‘हेराफेरी ३’ केही समयदेखि चर्चामा छ। हालै अभिनेता परेश रावलले यो फिल्ममा काम गर्न अस्वीकार गरेका थिए। यसैबीच, अक्षय कुमारले आफ्नो प्रोडक्सन हाउस केप अफ गुड फिल्म्स मार्फत परेश रावललाई कानुनी सूचना पठाएको खबर बाहिरिएको छ। जुन सूचनामा उनले फिल्मको छायांकन बीचैमा छोडेर अव्यवसायिक तरिका अपनाएकोमा २५ करोड भारतीय रुपैयाँ माग गरेका छन्।

खासमा अक्षय कुमार यस फिल्मका मुख्य अभिनेताका साथै निर्माता पनि हुन्। उनले फिरोज नाडियाडवालाबाट फिल्म ‘हेराफेरी ३’ को अधिकार कानुनी रूपमा खरिद गरेका छन्।

एचटीको रिपोर्ट अनुसार, मुद्दासँग सम्बन्धित एक कानुनी स्रोतले भन्यो, ‘परेश रावलले आफ्नो पेशागत जिम्मेवारी राम्ररी पूरा गरेनन्। यदि उनी फिल्म गर्न चाहँदैनथे भने सुटिङ सुरु हुनुभन्दा अगाडि र पैसा खर्च हुनुभन्दा अगाडि नै उनले अस्वीकार गर्नुपर्थ्यो। अब बलिउडमा यो कुरा स्पष्ट पार्नुपर्ने समय आएको छ कि हलिउडमा जस्तै यहाँ पनि कोही पनि आफ्नो इच्छाले फिल्म छोड्न सक्दैन।’ स्रोतका अनुसार यो फिल्मका लागि उनलाई सामान्य पारिश्रमिकभन्दा तीन गुणा बढी पारिश्रमिक दिइँदैछ।

बलिउड हंगामाको रिपोर्ट अनुसार, परेश रावल आफैंले फिल्म हेरा ‘हेराफेरी ३’ छोडेको पुष्टि गरेका छन्। मिडिया रिपोर्टका अनुसार फिल्म छोड्नुको कारण निर्माताहरूसँगको रचनात्मक मतभेद रहेको बताइएको छ। यसअघि अक्षय कुमारले पनि २०२२ मा फिल्मबाट पछि हटेका थिए, जसले दर्शकहरूलाई निराश बनायो, तर पछि उनी फिल्ममा फर्किए। त्यस्तै, परेश रावलले पनि पुनरागमन गर्न सक्ने अपेक्षा गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…