२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

राजेश हमाल ८ वर्षपछि कमब्याक फिल्म ‘नरसिंहा अवतार’ शुक्रबारबाट प्रदर्शनमा,किन दियो थोरै शो ?

८ जेष्ठ २०८२, बुधबार १२:५०

काठमाडौँ । ‘नरसिंहा अवतार’ आगामी शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म हो । फिल्मबाट अभिनेता राजेश हमाल ८ वर्षपछि अभिनयमा कमब्याक गर्दैछन् । लामो समयपछि राजेशको फिल्म आउन लागेकोले दर्शक फिल्मलाई लिएर उत्साहित छन् ।

फिल्मको लागि कतिपय हलले अग्रिम बुकिङ खुला गरेका छन्, भने कतिले खुला गर्न बाँकी छ । क्युएफएक्स चेनले भने फिल्मका लागि बुकिङ खुलाएको छ । समाचार तयार गर्दा सम्म क्युएफएक्सले फिल्मलाई देशभर ३० शोज छुट्टाएको छ । छुट्टाएको ३० बिहान र बेलुकाको धेरै शोज छन् । क्युएफएक्स चेनले छुट्टाएका शोज हेर्दा राजेश हमालको फिल्मलाई हेला गरेको देखिन्छ । यसअघि रिलिज भएका फिल्मलाई क्युएफएक्सले यो भन्दा धेरै शोज दिएको थियो ।

साँझसम्म बढ्न सक्ने फिल्मका वितरक बताउँछन् । क्युएफएक्स चेनले ‘नरसिंहा अवतार’ शोज थोरै र बिहान बेलुकाको समय दिनुको कारण अंग्रेजी फिल्म मिसनः इम्पोसिबल (द फाइनल रेकनिङ) भएको अनुमान गरिएकाे छ । दिवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्ममा राजेशको अलवा सरोज खनाल, नीर शाह, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, उषा खड्गी, अर्जुन श्रेष्ठ, प्रशान्त ताम्राकार, रमेशचन्द सोडारी, प्रकाश कुँवर, राजिभजंग बस्नेत, दीपा शाही, प्रभु श्रेष्ठ, अमित गिरी, एभेलिना खड्का, समाइरा थापा, आशा पौडेल लगायतका कलाकार अभिनय छ ।

राजुविक्रम थापाले खिचेको फिल्ममा कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी, चन्द्र पन्तको एक्सन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन, शम्भुजित बाँस्कोटा र अर्जुन पोखरेलको सङ्गीत छ । फिल्ममा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने, नेम महर्जनको लगानी छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४