२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

राजेश हमाल ८ वर्षपछि कमब्याक फिल्म ‘नरसिंहा अवतार’ शुक्रबारबाट प्रदर्शनमा,किन दियो थोरै शो ?

२०८२, ८ जेष्ठ बुधबार १२:५०

काठमाडौँ । ‘नरसिंहा अवतार’ आगामी शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म हो । फिल्मबाट अभिनेता राजेश हमाल ८ वर्षपछि अभिनयमा कमब्याक गर्दैछन् । लामो समयपछि राजेशको फिल्म आउन लागेकोले दर्शक फिल्मलाई लिएर उत्साहित छन् ।

फिल्मको लागि कतिपय हलले अग्रिम बुकिङ खुला गरेका छन्, भने कतिले खुला गर्न बाँकी छ । क्युएफएक्स चेनले भने फिल्मका लागि बुकिङ खुलाएको छ । समाचार तयार गर्दा सम्म क्युएफएक्सले फिल्मलाई देशभर ३० शोज छुट्टाएको छ । छुट्टाएको ३० बिहान र बेलुकाको धेरै शोज छन् । क्युएफएक्स चेनले छुट्टाएका शोज हेर्दा राजेश हमालको फिल्मलाई हेला गरेको देखिन्छ । यसअघि रिलिज भएका फिल्मलाई क्युएफएक्सले यो भन्दा धेरै शोज दिएको थियो ।

साँझसम्म बढ्न सक्ने फिल्मका वितरक बताउँछन् । क्युएफएक्स चेनले ‘नरसिंहा अवतार’ शोज थोरै र बिहान बेलुकाको समय दिनुको कारण अंग्रेजी फिल्म मिसनः इम्पोसिबल (द फाइनल रेकनिङ) भएको अनुमान गरिएकाे छ । दिवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्ममा राजेशको अलवा सरोज खनाल, नीर शाह, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, उषा खड्गी, अर्जुन श्रेष्ठ, प्रशान्त ताम्राकार, रमेशचन्द सोडारी, प्रकाश कुँवर, राजिभजंग बस्नेत, दीपा शाही, प्रभु श्रेष्ठ, अमित गिरी, एभेलिना खड्का, समाइरा थापा, आशा पौडेल लगायतका कलाकार अभिनय छ ।

राजुविक्रम थापाले खिचेको फिल्ममा कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी, चन्द्र पन्तको एक्सन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन, शम्भुजित बाँस्कोटा र अर्जुन पोखरेलको सङ्गीत छ । फिल्ममा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने, नेम महर्जनको लगानी छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी