२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कार्टुन क्रीउजको अहिलेसम्मकै फरक म्युजिक भिडियो सार्वजनिक (भिडियो)

२०७६, १८ बैशाख बुधबार १०:२३

बैशाख १८, काठमाडौं । नृत्य समूह कार्टुन क्रिउ भन्नासाथ अधिकांश दर्शकको दिमागमा सरोज अधिकारी र आश्मा विश्वकर्माको समूहको बेजोड नृत्यको सम्झना आउँछ । तर सम्भवत पहिलोपटक यो समूह अलिक फरक किसिमको गीतको भिडियोमा देखिएको छ । यो गीतमा सरोज र आश्मा न त रोमान्टिक बनेका छन् । न त उनीहरुका साथीहरुले रोमान्टिक हुने वातावरण नै बनाइदिएका छन् ।

गायक संजिब पराजुलीको नयाँ गीत ‘सोचमा’को भिडियोमा सरोजलाई बसको सहचालक र आश्मालाई कलेजकी विद्यार्थीको रुपमा देखाइएको छ । सेन्टिमेन्टल फ्लेभरको गीत सुन्दा र दृश्य हेर्दा निकै आनन्द लाग्छ ।

कार्टुन क्रुका सरोजले फरक किसिमको गीतमा अभिनय गर्न पाउँदा नौलो अनुभव भएको बताए । ‘हामी प्रायः डान्सिङ नम्बरको गीतमा मात्र काम गथ्र्यौ । तर यसपटक अलिक फरक सेन्टिमेन्टल किसिमको गीतमा देखिएका छौं । दर्शकका लागि यो नौलो स्वादको हुनेछ,’ सरोजले भने ।

गायक सन्जिबले गीतले एकोहोरो प्रेममा परेको एक युवकको कथालाई समेटेको बताए । ‘मैले अहिलेसम्म बजारमा ल्याएका गीत भन्दा यो गीत केही हिसाबले फरक छ’, उनले भने ।

गीतमा शब्द र संगीत कमल खत्रीको छ भने संगीत संयोजन रिकेश गुरुङले गरेका छन् । गीतमा कार्टुन क्रिउसँगै गायक संजिब पनि फिचर्ड छन् । अघि गायक संजिब र कार्टुन क्रिउको सहकार्यमा ‘नाइँ मलाई थाहा छैन’ बोलको गीतको भिडियो निकै चर्चित भएको थियो । भिडियोमा सरोजको निर्देशन तथा ज्ञानेन्द्र शर्मा हुमागाईंको छायांकन, लाक्पा डी लामाको सम्पादन छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो