१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मिस टिन प्लस टु २०१९ को बिजेता बनिन फ्ल्याभिया मर्हजन

२३ श्रावण २०७६, बिहीबार ०५:२७

साउन २३, काठमाडौं  |   स्टार वन इन्टरटेन्मेन्ट प्रालीको आयोजनामा सम्पन्न भएको मिस टिन प्लस टु २०१९ सिजन ५ को उपाधि फ्ल्याभिया मर्हजनले जित्न सफल भएकी छिन । काठमाडौंको जमल स्थित नाचघरमा सम्पन्न फाईनल प्रतियोगितामा फ्ल्याभिया मर्हजनले आफ्ना प्रतिस्पर्धीलाई पछि पार्दै उक्त उपाधि सहित विभिन्न उपहार जित्न सफल भएकी थिइन् । 


उनले बेस्ट डान्सको उपाधि समेत जित्न सफल भएकी थिइन् । उक्त प्रतियोगितामा  फस्ट रनर्स अप तथा मस्ट फिटनेस सुजियाना देसार, सेकेन्ड रनर्स अप तथा फेसबुक च्वाईस तेन्जिङ डोल्मा शेर्पा, थर्ड रनर्स अप, मिस ट्यालेन्ट, मस्ट फोटोजेनिक तथा युट्युव मस्ट भ्युज श्रेया भट्ट र पब्लिक च्वाइस विजेता , बेस्ट र्याम्प वाक तथा भ्युवर्स च्वाईस सिला बस्नेतले जितेका थिए  ।

मिस टिन प्लस टु २०१९ सिजन ५ प्रतियोगितामा मस्ट पपुलर बिन्दा विक, बेस्ट स्माईल प्रिया रानामगर,बेस्ट हेयर समिक्षा वस्नेत, बेस्ट स्किन सजना त्वयनाबेस्ट पर्सनालिटी एलिना बजगाँई, मस्ट फ्रेन्डली सिवानी वस्नेतले प्राप्त गरे ।

स्टार वन इन्टरटेन्मेन्ट प्राली द्धारा आयोजित यो प्रतियोगिताको निर्णायकमा अभिनेत्री सञ्चिता लुईटेल, सञ्चारकर्मी सूर्य चन्द, प्राचार्य पूर्ण लामा, संगीतकार सरोज प्याकुरेल सहित एलिजा महर्जन, चन्दा थापा गिरी थिए ।

टिनएजर्स युवतीहरुको व्यक्तित्व विकाशको लागि यो प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाको डाईरेक्टर बालकृष्ण पोखरेल बताए । सो प्रतियोगिताको आयोजकमा पुजा निरौला रहेकी थिइन्  भने उक्त प्रतियोगितालाइ कोरियोग्राफी तथा कार्यक्रम संचालन अश्विनी झाले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का