१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जुनियर भोकल स्टारको प्रि–अडिसन खुला, प्रथम हुनेलाई २० लाख

२८ भाद्र २०७६, शनिबार १५:३४

भदौ २८, काठमाण्डौ । अभियान मल्टिमिडियाद्वारा सञ्चालन गरिने जुनियर भोकल स्टारको प्रि–अडिसन फाराम खुल्ला गरिएको छ । 

रियालिटी शोको बारेमा जानकारी गराउन शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजकले आयोजना गरेको पत्रकार सम्मेलनमा १५ बर्ष सम्मका बालबालिकाले सहभागी हुनसक्ने जानकारी दिएको छ । 

रियालिटी शोमा भाग लिन चाहनेहरुले आफूलाई पायक पर्ने स्थान र प्रक्रियाबाट आफ्नो नाम दर्ता गर्न सक्नेपनि आयोजकले जनाएको छ । 

आफुभित्र रहेको प्रतिभालाई संसारसामु प्रस्तुत गराने उद्देश्यसहित आयोजना हुन गैरहेको उक्त शोमा विविध कारणले आफ्नो कला देखाउन नसकेकालाई समेट्ने प्रयास गर्ने आयोजक संस्था अभियान मल्टिमिडियाका अध्यक्ष मिन अधिकारीले जानकारी दिए ।


प्रतिस्पर्धामा भाग लिनका लागि आवश्यक थप जानकारी www.juniorvocalstar.com र Junior Vocal Star एपमा पनि उपलब्ध भएको अधिकारीले बताए । 

पत्रकार सम्मेलनमा संगितकार बसन्त सापकोटाले आफुभित्र रहेको प्रतिभालाई प्रस्फुटन गर्न शोले विशेष भूमिका खेल्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । नेपालमा अहिले धेरै रियालिटी शोहरुको विकास भएपनि बालबालिकालक्षित कार्यक्रमहरु उत्पादन हुन नसकेको सापकोटाले बताए । 

त्यस्तै गायक धीरज राईले बालबालिकालाई काचो माटोको रुपमा लिदै उनीहरुलाई आफुले चाँहेको बस्तुमा ढाल्न उक्त शो कोशेढुङगा सावित हुने विश्वास व्यक्त गरे ।

अहिले देश तथा विदेशमा विभिन्न रियालिटी शोहरु सञ्चालनमा रहेको जनाउदै उनले नेपालबाट पनि त्यस्ता प्रतिभालाई विश्व बजारसम्म चिनाउने प्रयास हुने विश्वास दिलाए ।


सहभागीले दर्ता पछिको छनोट प्रक्रियामा अडिसन, मेघा अडिसन, टप २०, टप १०, सेमी फाइनल हुदै ग्रान्ड फिनाले सम्म पुगेर नेपालको पहिलो जुनियर भोकल स्टारको उपाधि जित्न सक्ने आयोजकको भनाई छ । 

प्रथम हुनेलाई २० लाख र ट्रफी, फस्ट रनर–अपलाई १० लाख र सेकन्ड रनर–अपलाई ५ लाख रुपैयाँ पुरुस्कारको व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का