१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासी राष्ट्रिय दोहोरी प्रतियोगितामा उत्कृष्ट

२ कार्तिक २०७६, शनिबार १३:२०

कात्तिक २, नवलपरासी | मौलिक लोक सङ्गीतको संरक्षण गर्ने उद्देश्यले पश्चिम नवलपरासीको बर्दघाटमा आयोजित राष्ट्रिय दोहोरी गीत प्रतियोगितामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नवलपरासी उत्कृष्ट भएको छ । 

नवलपरासी, गुल्मी, पाल्पा, रुपन्देहीलगायतका नौ समूहले सहभागिता जनाएको उक्त प्रतियोगितामा नवलपरासीकी लक्ष्मी बस्नेतको समूह प्रथम भएको हो । प्रतियोगितामा देउराली रोधी घर बुटवलका विक्रमबाबु विश्वकर्माको समूह द्वितीय, गोधुली रोधी घर बुटवलका राजकुमार न्यौपानेको समूह तृतीय तथा लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीकी लालमाया थापाको समूहले सान्त्वना स्थान हासिल गरेको छ । 

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नवलपरासीको सहकार्यमा बर्दघाटस्थित दौंतरी एफएमले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा शुक्रबार आयोजना गरेको उक्त प्रतियोगिताका विजयी समूहलाई क्रमशः नगद रु २५ हजार, १५ हजार, दश हजार र पाँच हजारले पुरस्कृत गरिएको एफएमका प्रबन्ध निर्देशक नारायण भण्डारीले बताउनुभयो । 

कार्यक्रममा बर्दघाट नगरपालिकाका प्रमुख धीरज शर्मा बस्यालले नेपालीको पहिचानको रुपमा रहेको लोक संस्कृतिको जर्गेना गर्नु सबैको जिम्मेवारी भएको उल्लेख गर्नुभयो । सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले संस्कृतिको संरक्षणका लागि यस किसिमको प्रतियोगिता कोशेढुङ्गा सावित हुने भन्दै निरन्तरतामा जोड दिनुभयो । सो अवसरमा चर्चित लोक कलाकार शान्ति श्री परियार, नारायण लेकाली, भरत क्षेत्री, भूपराज न्यौपानेलगायतले आफ्ना गीतसङ्गीतमार्फत दर्शकलाई मनोरञ्जन गराउनुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का