१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जिग्री-पाँडेसहित ‘सक्किगोनी’ टिमविरुद्ध प्रहरीमा मिडिया हवको उजुरी

३ कार्तिक २०७६, आईतवार ०८:०९

कात्तिक ३, काठमाडौं । नेपाल टेलिभिजनबाट बिहिबार बेलुका प्रशारण भइरहेको हास्य टेलिश्रृंखला ‘सक्किगोनी’ को टिमविरुद्ध मिडिया हवले प्रहरीमा कपिराइटको उजुरी दिएको छ । प्रहरीमा उजुरी परेपछि 'सक्कीगोनी' हास्य टेलिश्रृंखलाका मुख्य पात्रहरु अर्जुन घिमिरे पाँडे र कुमार कट्टेल जिग्रीलाई प्रहरीले छलफलको लागि बोलाएको छ । 

महानगरीय प्रहरी परिसर टेकुमा परेको उजुरीमा मिडिया हबले आफ्ना क्यारेक्टरहरु नक्कल गरेको भनेर कपिराइटको उजुरी दिएको हो । मिडिया हबले 'सक्कीगोनी' टेलिश्रृंखलामा ‘भद्रगोल’का पात्रहरुको चरित्रहरु नक्काल भएको आरोप लगाएको छ । मिडिया हबले जिग्री, पाँडे, बले, कक्रोच, सितेबा सहित दर्जनौं, चरित्रहरु मिडिया हबका उत्पादन भएको भन्दै ति पात्रहरुलाई स्थापित गर्न आफूहरुले लगानी गरेको जनाएको छ । 

मिडिया हबले 'सक्कीगोनी' टेलीसृंखलामा आफ्ना क्यारेक्टरहरुको प्रयोग रोक्न सकिने आशा सहित प्रहरीमा उजुरी दिएको बुझिएको छ । 

यसअघि भद्रगोलमा काम गर्दै आएका जिग्री-पाँडे सहित दर्जनौं कलाकारको समुहले मिडिया हबको लगानीमा बनेको 'भद्रगोल' टेलीसृंखला छाडेर 'सक्कीगोनी' सुरुवात गरेका थिए । असोज २ गते बिहिबारबाट ‘सक्किगोनी’ हास्य टेलीचलचित्र नेपाल टेलिभिजनबाट प्रसारण हुन सुरु भएको थियो । जसमा लोकेसनबाहेक पात्रहरु भद्रगोलकै हुन् । मिडिया हबले पनि नेपाल टेलिभिजनबाट भद्रगोलको प्रशारण गरिराखेको छ । 

नयाँ पात्रहरु राखेर बनाइएको 'भद्रगोल'मा दर्शकहरुले गाली मात्रै गरेका छन् । जिग्रीपाडे सहित कलाकारहरुले भद्रगोल छाडेपछि नयाँ पात्रहरु हालेर प्रसारण भईरहेको 'भद्रगोल'को क्रेज ह्वात्तै घटेको छ । 

यता सक्किगोनी निर्माण गरेका जीग्री-पाडेले भने भद्रगोलका सबै क्यारेक्टर आफ्नै सिर्जना भएको दावी गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का