२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्व मिस नेपाल उषा खड्गीको डिभोर्स ! यस्तो छ कारण

२०७६, २ चैत्र आईतवार ०३:०२

चैत २, काठमाडौँ | पूर्व मिस नेपाल उषा खड्गी र सञ्चारकर्मी जीपी तिमिल्सिनाको वैवाहिक सम्बन्ध डिभोर्सको स्थितीमा पुगेको छ । केही समय अघिदेखि यी दुईको वैवाहिक जीवनमा खटपट परेको भन्दै हल्ला आएको भए पनि पुष्टि भएको थिएन । त्पयतिखेर उनीहरुको सम्बन्ध डिभोर्सको स्थितीमा पुगेको हल्ला चलेको थियो ।

सनिबार राति उषाले यसबारे आफैंले मुख खोलेकी छिन् ।

उषाले आफ्नो आधिकारिक फेसबुक अकाउन्टमार्फत् यसबारे जानकारी दिंदै फेसबुकमा अंग्रेजी भाषामा स्टाटस लेखेकी छन् । 


उषाले शनिबार राती फेसबुकमा लेखेकी छिन्, ‘यदि तपाईंले विवाहको १७ वर्षपछि पनि शारीरिक र मानसिक यातना सहनुपर्छ भने यसलाई निरन्तरता दिन कुनै आधार छैन । अब म भन्छु ‘नो’ ।’

उनले सबैलाई  सहयोग र मायाका लागि धन्यवाद  दिँदै लेखेकी छिन्, ‘तपाईंहरुको माया र समर्थनले मलाई बलियो र साहसिलो बनाएको छ । यसैमार्फत् म मेरो र आफ्ना सन्तानको अधिकारका लागि लड्नेछु ।’

उनले यो स्टेटससँगै आफ्नो अन्तरवार्ताको दुईवटा क्लिपसमेत पोष्ट गरेकी छिन् । एउटा क्लिपमा उनी बोल्दाबोल्दै भक्कानियर रोएकी छिन् ।

उषा र जीपीको एक टेलिभिजन कार्यक्रमका लागि भेट भएको थियो । उनीहरुको चिनजान १९ वर्ष पुरानो हो ।

सन् २००० मा मिस नेपाल बन्नुअघि नै यी दुई प्रेममा थिए । यी दुईको अन्तरजातीय विवाह हो । यो जोडीको एक छोरा र एक छोरी छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो