२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लगातार चौथो पटक पनि कोरोना ‘पोजिटिभ’ देखियो कनिकाको परीक्षण

२०७६, १७ चैत्र सोमबार ०३:०९

चैत १७, एजेन्सी | बलिउड गायिका कनिका कपुरको कोरोनाभाइरसको परीक्षण चौथो पटक पनि ‘पोजिटिभ’ आएको छ । यसका कारण उनको परिवारका सदस्यको चिन्ता बढेको छ ।

उनको परिवारको एक सदस्यले भारतीय सञ्चार माध्यमसँगको कुराकानीमा भने, ‘हामी परीक्षणको रिपोर्टका कारण चिन्तित छौं । यस्तो लागिरहेको छ कि कनिकाको शरीरले उपचारको विधि स्विकारिरहेको छैन । अर्कोतर्फ हामी उनको थप उपचारका लागि कतै लैजान पनि सक्दैनौं । हामी उनको स्वास्थ्यका लागि प्रार्थना मात्रै गर्न सक्छौं ।’

यद्यपि, यसबारे डाक्टरले प्रतिक्रिया दिँदै ४१ वर्षीया गायिकाको अवस्था अहिले स्थिर भएको जानकारी दिए ।

९ दिनदेखि अस्पतालमा भर्ना छिन् कनिकाः

कनिका पछिल्लो ९ दिनदेखि संजय गान्धी पोस्ट ग्राजुएट इन्स्टीच्युट अफ मेडिकल साइन्समा भर्ना छिन् । २० मार्चमा उनलाई कोरोनाभाइरस संक्रमणको पुष्टि भएपछि उनलाई अस्पतालको आइसोलेशन वार्डमा भर्ना गरिएको थियो । अहिलेसम्म उनको चार पटक परीक्षण भइसकेको छ ।

९ मार्चमा लण्डनबाट फर्किएकी थिइन् कनिकाः

कनिका ९ मार्चमा लण्डनबाट फर्किएकी थिइन् । त्यसपछि उनले लखनउ र कानपुरको यात्रा गरेकी थिइन् । दुई दिन लखनउको होटल ताजमा बसिन् र केही पार्टीमा समावेश भइन् ।

यसैबीच जब उनलाई रुघा–खोकी ज्वरो आयो, उनी अस्पताल पुगिन् । त्यसपछि उनी संक्रमित भएको जानकारी प्राप्त भयो ।

लण्डनबाट फर्किएपछि आफूलाई आइसोलेट गर्नुको साटो उनले पार्टी गरेको र मानिसहरुलाई भेटेको भन्दै सोसल मिडिया प्रयोगकर्ताले उनको निकै आलोचनासमेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो