२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भीम निरौलाले ‘सन्डे मर्निङ लभ यू’ गीत गाउँदा ‘ब्रिटेन्स गट ट्यालेन्ट’ मा जजनै चकित (भिडियो सहित)

२०७७, १४ बैशाख आईतवार ०४:५५

वैशाख १४, काठमाडौँ | युटुवमा ६० लाख भन्दा बढीले हेरेका ‘सन्डे मार्निङ लभ यू’गीतका चर्चित गायक भीम निरौलाले ‘ब्रिटेन्स गट ट्यालेन्ट’ मा आफ्नो सिग्नेचर गीत गाएर सबैलाई रमाइलो प्रदान गरेका छन् । 


अहिले ५४ वर्ष पुगेका निरौलाले बेलायतको चर्चित टेलिभिजन शोको अडिशनका क्रममा उक्त गीत गाएका हुन् । उनले ‘ब्रिटेन्स गट ट्यालेन्ट’मा प्रस्तुत गरेको गीत युटुवमा ‘ब्रिटेन्स गट ट्यालेन्ट’कै युटुवमा राखिएको छ । उक्त भिडियोमा भीमले गीत गाएको केही सेकेन्डभित्र निर्णायकमध्येका एक कोवेलले असन्तुष्टि व्यक्त गर्दै बजर दबाएका छन् तर दर्शकहरुले उनको प्रस्तुतीलाई निकै रमाइलो रुपमा ताली बजाएर स्वागत गरेका छन् ।  


भीमले नाच्दै आफ्नो गीतको रमाइलो प्रस्तुति दिई रहँदा जजहरुले पनि रमाइलो गरिरहेका हुन्छन । निर्णायक अमाण्डा होल्डेनलगायतका सबैजना उनको गीतमा रमाएको र दर्शकको साथ देखेपछि निर्णायक साइमन चकित पर्छन् । 


भिडियो हेर्नुहोस्:


सामान्य र सबैले बुझ्न सक्ने खालको गीत भएको र अंग्रेजी भाषामा भएकोले विदेशीहरुले पनि भिमको गीत मन पराएको हुनसक्ने बुझिएको छ । 


सन् २००६ देखि बेलायतको रेडिंगमा बस्दै आएका निरौला अहिले पनि बेलायतमै छन् । धनकुटा जिल्लामा जन्मिएका निरौलाले बि.स.२०४४ सालमा रेडियो नेपालबाट स्वर परीक्षा गरेका थिए । उनले दर्जनौं गीतहरु गाईसकेका छन् ।

सन् २०१३ मा युटुवमा राखिएको र ६० लाख भन्दा बढीले हेरिसकेका भिम निरौलाको भिडियो पनि तल हेर्न सक्नुहुन्छ: 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो