१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिमा विवादबारे नेपाली अभिनेत्रीको अभिव्यक्ति ‘मेरो इन्डियन फ्रेन्ड्ससँग म कसरी फेस गर्ने ?’

११ जेष्ठ २०७७, आईतवार ०५:२४

जेठ ११, काठमाडौँ | नेपालले आफ्नो भूमिसहित नक्सा सार्वजनिक गरेपछि सो बिषयमा सामाजिक संजाल ट्वीटर मार्फत बलिवुड अभिनेत्री मनिषा कोईरोलाको नेपालमा चौतर्फी प्रशंशा भईरहेको बेला नेपालकि एक अभिनेत्री भने सोहि बिषयमा बोल्दा आलोचित भएकी छन् । 

नेपाली फिल्म क्षेत्रकी चर्चित अभिनेत्री वर्षा राउतले नेपाल–भारत सीमा विवादबारे दिएको अभिव्यक्तिको चौतर्फी विरोध भएको छ । उनकै प्रशंशकहरुले समेत उनको आलोचना गर्दै 'घमण्डी' भनेका छन् । 

सामाजिक सञ्जालमा उनले नेपाल–भारत सीमाको विषयमा अनावश्यक विवाद सिर्जना गरेको भन्दै एउटा भिडियो क्लीप सार्वजनिक गरेकी छिन् । जसमा दुई देशबीच बिबाद छलफलबाट टुंग्याउन सकिने बताएकि छन् जसलाई सकारात्मक मानेपनि त्यसै भिडियोमा उनले नेपाली र भारतका पत्रकारहरुको आलोचना गर्दै आनावाश्यक विवादले आफूलाई समस्या पारेको भनेकी छन् । 


उनले भारत र नेपालका पत्रकारहरु मिलेर दुई देशबीचमा फाटो ल्याउने काम गरिरहेको भन्दै भिडियोमा भनेकी छिन्, 'देशको माया लाग्छ भन्दैमा यो हाम्रै हो तिमीहरुले किन यस्तो गरेको भनेर झगडा गर्ने कुरा होइन । यो त टेबल टक गरेर यताको सरकार र उताको सरकार मिलेर गर्ने कुरा हो । यहाँ त दुवैतर्फका पत्रकारहरु मिलेर झगडा पारिरहेका छन् ।' उनको यतिसम्मको भनाई सकारात्मक मानिएपनि उनले भिडियोमा थप भनेकी छन् – 'मेरो इन्डियन साथीहरुसँग मैले कसरी फेस गर्ने अनि इन्डियन साथीहरुले मसँग कसरी फेस गर्ने भइरहेको छ ।' 

राउतलाई विवादका कारण आफ्ना भारतीय साथीहरुसँग कसरी फेस गर्ने भन्ने अफ्ट्यारो भएको अभिव्यक्तिसंगै उनको आलोचना गरिएको छ  । आफ्नो व्यक्तिगत स्वार्थलाई देखाएर नायिका राउतले सिंगो देशको ध्यान खिचिएको बिषयमा नसुहाउँदो टिप्पणी दिएको भन्दै उनको आलोचना गरिएको हो । 

अभिनेत्री राउतको यो अभिव्यक्तिको सामाजिक सञ्जालमा निकै विरोध भइरहेको छ । वर्षाले दुइ देशका पत्रकारहरुले भूमीको विषयलाइ लिएर गरिएको बहसले आफूलाई समस्या परेको उनले दिएको भिडियो अभिव्यक्तिमा स्पष्ट देख्न सकिन्छ । उनलाई देशको भन्दा भारतीय साथीको चिन्ता भएको भन्दै चौतर्फी आलोचना गरिएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान