२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बलिउड अभिनेताहरु अमिताभ र अभिषेक बच्चनमा कोरोना पुष्टि, मुंबईको नानावती अस्पतालमा भर्ना

२०७७, २८ असार आईतवार ००:१८

असार २८, काठमाडौँ | बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना संक्रमण पुष्टि भएको छ । यसको पुष्टि बच्चनको आफ्नै आधिकारिक ट्वीटर र फेसबुक मार्फत बच्चन आफैले जानकारी गराएका छन् । ७७ वर्षका बच्चन उपचारका लागि मुम्बईको नानावती अस्पतालमा भर्ना भएका छन् । यस सम्बन्धमा भारतीय संचार मध्यमहरुले समाचार लेखेका छन् । 

बच्चनले सामाजिक संजालबाट आफ्ना समर्थकहरुलाई जानकारी गराउदै लेखेका छन् – 'आज (शनिबार) साँझ मलाई कोरोना पोजिटिभ भएको छ । अस्पताल भर्ना भएको छु । अस्पतालले सम्बन्धित निकायलाई खबर गरिसकेको छ ।' 


बच्चनलाई कोरोना संक्रमण पुष्टि भएसंगै उनको परिवार तथा पछिल्लो १० दिनमा बच्चनसँग जोडिएका अन्यको कोरोना टेस्ट गर्न बच्चनले आग्रह गरेका थिए ।  त्यस क्रममा अमिताभका छोरा अभिषेक बच्चन समेत कोरोना संक्रमित भएका छन् । छोरा अभिषेकलाई पनि मुम्बईको नानावती अस्पतालमै भर्ना गरिएको छ । 

अभिषेक बच्चनले पनि आफूमा कोरोना संक्रमित भएको जानकारी ट्वीट गरेर जानकारी गराएका छन् । अभिषेकले आफ्नो ट्वीटरमा लेखका छन् 'मलाई र मेरो बुबालाई आज कोरोना पोजिटिभ भेटिएको छ । हामी दुवैलाई हल्का लक्षण देखिएको थियो, र हामी अस्पतालमा भर्ना भएका छौं । हाम्रो परिवार र बाँकी स्टाफहरुको परीक्षण गरिदैछ । म सबैलाई निवेदन गर्दछु कि धैर्य रहनुहोस र दु:खित नहुनुहोस् । धन्यवाद ।' 


कयौं प्रोजेक्ट र KBC12 को चल्दै थियो तयारी

अस्पताल स्रोतले बताए अनुसार अमिताभ बच्चनको स्वास्थ्य अवस्था ठीक छ । अमिताभले अहिले कयौं प्रोजेक्टहरु लिएका छन् । जो उनले पुरा गर्नु पर्नेछ । अमिताभका आउन लागेका फिल्महरुमा चेहरे, ब्रह्मास्त्र, बटरफ्लाई, झुंड र Uyarndha Manithan रहेका छन् । 

यसको अलावा अमिताभले चर्चित सो कौन बनेगा करोडपति (KBC12) को शूटिङ पनि गर्दै थिए । उनले  KBC12 को प्रोमो भिडियो शूट गरिसकेका थिए र इपिसोडको शूटिङको तयारी गर्दै थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो