१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेटटीभीमा सिनेप्लस, तीन हजार बढी चलचित्रहरु हेर्न पाइने

२८ पुष २०७७, मंगलवार ०७:०४

पुस २८, काठमाडौँ | नेपालको पहिलो आइपिटीभी सेवा प्रदायक नेटटीभीले आफ्ना ग्राहकहरुका लागि नियमित रुपमा हिन्दी/अंग्रजी चलचित्रहरु, टीभी सिरियलहरु र टीभी शोजस्ता मनोरन्जनात्मक सामग्रीहरु सहितको नेटटीभी प्राइम प्याकेज उपलब्ध गराउदै आइरहेको छ ।

सन २०२० को अगष्टमा प्राइम प्याकेज अन्र्तगत लोकप्रिय ओटीटी (ओभर द टप) हंगामा एप मार्फत अंग्रेजी र हिन्दी चलचित्रहरु, वेभ श्रंखलाहरुको ठूलो संग्रहबारे परिचित गराएको थियो, जुन प्याकेज प्रति महिना ९९ रुपैयाँमा नेटटीभी सेट टप बक्स भएका ग्राहकले  लिन सक्छन् ।

हंगामा बाहेक, नेटटीभी प्राइम प्याकेजसँगै नेटटीभी सिनेप्लस वर्ग अन्तर्गत तीन हजार भन्दा बढी चलचित्र सामग्री, वेभ श्रृंखला (सेरिज) र सामान्य मनोरञ्जनात्मक कार्यक्रमहरु हुनेछन् । यी सबै सामग्रीहरुमा हेर्नका लागि प्राइम प्याकेज लिएका ग्राहकहरु लाई कुनै अतिरिक्त शुल्क तिर्नु पर्ने छैन । नेटटीभीले अन्तर्राष्ट्रिय ओटीटी प्लेटफर्मबाट मार्की सामग्रीहरु एकीकृत गरेर नेटटीभी सिनेप्लसको वर्ग अन्र्तगत प्रशारण गर्दैछ ।


नेटटीभीका प्रमुख कार्यकारी अधिकृत निरन राजभण्डारीका अनुसार, नेटटीभीले सार्वजनिक गरेको नेटटीभी सिनेप्लस हेर्नका लागी ग्राहकलाई थप शुल्क नलाग्ने गरि तिन हजार भन्दा बढी चलचित्रहरु, लोकप्रिय वेभ श्रृंखला र सामान्य मनोरञ्जनात्मक सामाग्री रहेको नेटटीभी प्राइम प्याकेज अन्तर्गत वल्र्डलिंकका ग्राहकहरुलाई धेरै नै आकर्षित गरेको छ । नेटटीभी सिनेप्लस र हंगामा सहित नेटटीभी प्राइम प्याकेज लिएका ग्राहक सदस्यहरुको लागि प्रति महिना ९९ रुपैयाँमै चार हजार भन्दा वढी मनोरञ्जनात्मक सामग्रीहरु उपलब्ध छन् ।

हामीले प्रति महिना ६९ रुपैयाँमै नेपालका प्रत्येक व्यक्तिले कुनै पनि सेवा प्रदायकको इन्टरनेट वाट उपयोग गर्न सक्ने गरी हाम्रो नेटटीभी एन्ड्रोइड र आईओएस एपमा नेटटीभी सिनेप्लस मनोरञ्जनात्मक कार्यक्रमहरु हेर्न सक्ने सुरुवात गरेकाछौ ।  प्रमुख कार्यकारी अधिकृत राजभण्डारी भन्नुहुन्छ “हामी नेपालको सबैभन्दा ठूलो मनोरञ्जनात्मक कार्यक्रम उपलब्ध गराउने कम्पनी बन्ने लक्ष्यमा छौ, यसले ग्राहकलाई न्यूनत्तम शुल्कमै अद्भुत मनोरञ्जनात्मक कार्यक्रमहरु हेर्ने अनुभव प्रदान गर्नेछ । हामी प्रविधि साझेदारीमा महत्वपूर्ण लगानी गर्दैछौ, जसले तीव्र गतिमा विश्व वजारमा उपलब्ध रहेका नयाँ नयाँ कार्यक्रम ल्याउन हामी सक्षम हुनेछौ । ”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव