१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सलमान खानको पछिल्लो फिल्म ‘राधे’ को फस्ट डे फस्ट शो नेट टीभी सेटटप बक्स र एपमा

२९ बैशाख २०७८, बुधबार १६:१६

वैशाख २९, काठमाडौँ | नेपालमा आईपीटीभी सेवाहरूमा पायोनियर मानिएको नेट टीभीले सेटटप बक्समार्फत आईपीटीभी र मोबाइलमा नेट टीभी एपबाट नेपाली जनताको मागबमोजिम सधैं लाइभ टीभी, मुभी, भिडियोका माध्यमले मनोरञ्जन प्रदान गर्दै आइरहेको छ ।

यही क्रममा पहिलोपल्ट नेट टीभीले नेपालभरका आफ्ना प्रिय ग्राहक महानुभावहरूका लागि बलिउडका सुपर स्टार सलमान खानको पछिल्लो फिल्म ‘राधे’ को फस्ट डे फस्ट शो गर्ने भएको छ । ए–एट डिस्ट्रिब्युसनको सहकार्यमा नेट टीभीले यो फिल्म मे १३ (वैशाख ३०) मा नेट टीभी सेटअप बक्स र नेट टीभी एप दुवैमा देखाउनेछ । यो वर्षको बहुप्रतीक्षित फिल्ममा पर्ने ‘राधे’ मे १३ मै विश्वभरका सिनेमा हल र डिजिटल प्लेटफर्महरूमा रिलिज हुन लागेको हो ।

नेट टीभी सब्सक्रिप्सन भएका वल्र्डलिंकका ग्राहक महानुभावहरूले उक्त फिल्म रिलिजकै दिन सेटअप बक्समार्फत टीभीमा हेर्न सक्नुहुनेछ । वल्र्डलिंकका ग्राहक नबन्नुभएका सम्पूर्ण महानुभावहरूले चाहिँ नेट टीभी एप डाउनलोड गरेर ‘राधे’ को आनन्द उठाउन सक्नुहुनेछ ।


“सम्पूर्ण सिनेमा हल र मल्टिप्लेक्सहरू बन्द रहेको अहिलेको विषम परिस्थितिमा मनोरञ्जनका विकल्पहरू सीमित हुँदै गइरहेका छन् । सबैतिर अनिश्चय र बेचैनीको माहौल छ,” नेट टीभीका सीईओ निरन राजभण्डारी भन्नुहुन्छ, “हौसला घट्न नदिई, आफ्नो र अरूहरूको पनि मनोबल बढाउँदै रियललाइफ हिरोका रूपमा व्यवहार गर्नुपर्ने समय हो यो । ‘राधे’ जस्तो फिल्मले मनोरञ्जन मात्र दिँदैन कि, कोरोना भाइरसरूपी भिलेनलाई परास्त गर्न हामीलाई प्रेरित पनि गर्छ । ए–एट डिस्ट्रिब्युसनको सहकार्यमा बलिउडको यो वर्षकै भव्य रिलिज ‘राधे’ को नेट टीभी प्लेटफर्ममा नेपालभर फस्ट डे फस्ट शो गर्न पाउँदा हामीलाई खुसी लागेको छ ।”

कोरोना महामारीको यो समयमा नेट टीभी सेटटप बक्स र एपका माध्यमले सुरक्षित रूपमा सम्पूर्ण नेपालीले घरघरमै सक्दो मनोरञ्जन प्राप्त गर्न सक्नुहोस् भन्ने आफ्नो प्रयास रहँदै आएको उल्लेख गर्दै राजभण्डारी भन्नुहुन्छ, “हाम्रा आदरणीय ग्राहकहरूले सेटटप बक्स र एपका माध्यमले पे–पर–भ्यु क्याटेगोरीमा मे १३ देखि यो फिल्म हेर्न सक्नुहुनेछ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव