१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

किरण गजमेर बने ‘द भ्वाइस अफ नेपाल सिजन ३’ को बिजेता

२३ श्रावण २०७८, शनिबार १८:३२

साउन २४, काठमाडौं । अमेरिकामा बस्दै आएका किरण गजमेर द भ्वाइस अफ नेपाल सिजन ३ को बिजेता बन्न सफल भएका छन् । हिमालय टेलिभिजनमा शुक्रबार राति भएको फाइनलमा टिम प्रमोदबाट किरण गजमेर बिजेता भएका हुन् । 


गत साता भएको सेमिफाइनलमा चार वटा टीमका एक–एक जना प्रतिभा ग्राण्ड फिनालेमा प्रवेश गरेका थिए । द भ्वाइस अफ नेपाल सिजन ३ अन्तर्गत टिम प्रमोदबाट किरण गजमेर, टीम दीपबाट दार्जलिङका आर्यन तामाङ, टीम राजुबाट बाग्लुङकी तारा श्रीष मगर र टीम तृष्णाबाट ज्वाला राई फाइनल पुगेका थिए ।


माथिको तश्वीरमा क्रमश: द भ्वाइस अफ नेपाल सिजन ३ को फाइनलमा पुगेका तारा श्रीष मगर, ज्वाला राई, किरण गजमेर र आर्यन तामाङ ।

एक सातासम्म दर्शकले गरेको भोटका आधारमा उपाधिको छिनोफानो भएको हो । फाइनलमा चारै जना प्रतिभा सहित टप १२ र सिजन २ का बिजेताले समेत आफ्ना प्रस्तुति राखेका थिए । 


द भ्वाइस अफ नेपाल सिजन ३ का विजेताले नगद २५ लाख पुरस्कार र वर्ल्ड टूरको प्याकेज पाएका छन् ।

यसअघि सिजन १ मा स्याङ्जाका सिडी विजय अधिकारी र सिजन २ मा झापाका राम लिम्बूले उपाधि जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता