१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खप्तडमा पल-गरिमाको नृत्य, म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

१८ आश्विन २०७८, सोमबार ०३:१५

असोज १८, धनगढी | सुदूरपश्चिम प्रदेशस्थित पर्यटकीय क्षेत्र खप्तडमा छायाँकन भएको म्युजिक भिडियो सार्वजिनक भएको छ ।

'जीवन फूल्ने मेरो लहरा हो केवल तिमी हौ, भर दिने मेरो पहरा हो केवल तिमी हौ' म्युजिक भिडियोमा पल शाह र गरिमा शर्मा छमछमी नाचेका छन् । एक महिना अघि सुटिङ भएको चार मिनेट लामो सो म्युजिक भिडियो युट्युबमा सार्वजनिक भएको छ ।

राजकुमार र राजकुमारीको प्रेमलिला हेर्न मिल्ने सो म्युजिक भिडियोले मोडल, पर्यटकीय क्षेत्र, शव्द र लयका कारण अत्याधिक दर्शकको माया पाउने विश्वास गायक सुनिल गिरीको छ ।

सो गीतमा गिरी र डा. त्रिशला गुरुङको स्वर छ । गीतको शव्द र संगीत पनि गिरीकै हाे भने म्युजिक भिडियोको छायाँकन र निर्देशन अनिल के मानन्धरले गरेका हुन् ।

भर्जिनल्याण्डकारुपमा रहेको खप्तडको राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले समेत सो क्षेत्रमा छायाँकन गरिएको गायक गिरीको भनाइ छ ।

१० दिन लगाएर सुटिङ गरिएको सो गीतको छायाँकनमा १५ लाख खर्च भएको म्युजिक भिडियोका निर्माता समेत रहेका गायक गिरीले बताए ।

३१०० देखि ३५०० मिटरसम्मको उचाइँमा रहेको खप्तड प्राकृतिकरुपमा रमणीय छ । सँधै आनन्ददायी मौसम रहने खप्तड घना जंगल र धार्मिक क्षेत्रका रुपमा पनि परिचित छ । खप्तड राष्ट्रिय निकुञ्ज पनि हो । खप्तड बाजुरा, वझाङ, डोटी र अछाम गरेर चार जिल्लामा पर्छ ।

भिडियो लिंक : https://www.youtube.com/watch?v=rhsu76ys1so

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव