१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रहेनन् रामायणका ‘रावण’ अरविन्द

२० आश्विन २०७८, बुधबार ०९:५१

सोज २०, काठमाडौं | लोकप्रिय धार्मिक सिरियल ‘रामायण’ मा लंकापति रावणको भूमिका निर्वाह गरेर चर्चामा आएका अभिनेता अरविन्द त्रिवेदीको मंगलबार राति १० बजे निधन भएको छ । ८३ वर्षीय त्रिवेदीको हृदयाघातका कारण निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

त्रिवेदीको निधनमा ‘रामायण’ मा सँगै अभिनय गरेका अरुण गोविल, सुनील लहरी, दीपिका चिखलियालगायका कलाकार, शुभचिन्तक तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत सामाजीक सञ्जालमार्फत दुःख व्यक्त गरेका छन् । 

उनले त्रिवेदीसँगको फोटोसहित गरेको पोस्टमा लेखेका छन्, ‘हामीले असाधारण अभिनेता अरविन्द त्रिवेदीलाई गुमाएका छौ । उनी अभिनेता मात्र होइन, जनसेवक पनि थिए । ‘रामायण’ टेलिशृंखलामा उनले गरेको काम भारतको आउने पिँढीले पनि याद गर्नेछ । अभिनेता त्रिवेदीको परिवार तथा शुभचिन्तकप्रति हार्दिक समवेदना ।’ 

रामानन्द सागरको ‘रामायण’ मा अरुण गोविलले राम, सुनील लहरीले लक्ष्मण र दीपिका चिखलियाले सीताको भूमिका निर्वाह गरेका थिए । कुनै दीर्घरोग नदेखिए पनि उनको स्वास्थ्य विगत तीन दिनदेखि धेरै बिग्रिएको जानकारी त्रिवेदी परिवारले दिएको छ । हृदयाघात भएपछि उनका अन्य अंगहरूले काम गर्न छाडेका थिए । उनले हिन्दी र गुजराती गरी तीन सय बढी फिल्ममा अभिनय गरेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव