१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदी अरब नेतृत्वको सेनाद्धारा यमनको राजधानीमा हवाई आक्रमण

९ पुष २०७८, शुक्रबार १६:५१

पुस ९, काठमाडौँ (रासस /सिन्ह्वा) |  साउदी नेतृत्वको गठबन्धन सेनाले यमनको राजधानी सानामा बुधबार रातिदेखि हवाई हमला गरेको बताइएको छ । हुथी मिलिसियाहरुका विरुद्धमा सो सेनाका युद्धक विमानहरुले हवाई आक्रमण गरेका बताइएको छ । ती सेनाले हुथी विद्रोहीहरुले निर्माण गरेका आश्रयस्थलका साथै उनीहरुद्वारा नियन्त्रित सैन्य शिविरमा हवाई आक्रमण गरेको हुथीद्वारा सञ्चालित अल–मासिराह टिभीले जनाएको छ ।

युद्धक विमानहरुले गरेका सो आक्रमणको आवाज नै सुनिएको पनि बताइएको छ । यस हवाई आक्रमणबाट यमनी सहर सानाको पूर्वी क्षेत्रमा रहेको हाफा शिविर प्रभावित भएको बताइएको छ । यस हमलाबाट भएको क्षतिको विस्तृत विवरण भने दिइएको छैन । हवाई आक्रमणपछि शहरभर शक्तिशाली विस्फोटको आवाज सुनिएको बताइएको छ ।

सो हमलामा परेर यहाँका हुथी मिलिसियाहरुले निर्माण गरेका केही आश्रयस्थल र सैन्य शिविर ध्वस्त भएका छन् । उनीहरुको पकड रहेको भनिएका केही क्षेत्रमा यी सेनाको आक्रमण विगतदेखि नै जारी रहेको थियो । इरान समर्थित हुथी मिलिसियाले पनि गतहप्ता यहाँ आक्रमण गरेका र सो ड्रोन आक्रमणबाट दुईवटा गुफा र चारवटा भूमिगत गोदाम ध्वस्त भएको गठबन्धन सेनाले जनाएको थियो ।

केही महिनामात्र अघि यमनी विद्रोही समूहले मध्य यमनको अत्यधिक तेल रहेको प्रान्त मारिब कब्जा गर्न साउदी समर्थित सरकारी सेनाविरुद्ध ठूलो आक्रमण सुरु गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव