पल र पूजाको ‘म यस्तो गीत गाउँछु २’ र ‘गंगुबाई कठियाबाडी’ हलमा आज रिलिज हुदै

Posted on: 25 Feb, 2022

फागुन १३, काठमाडौं । सुदर्शन थापा निर्देशित फिल्म 'म यस्तो गीत गाउँछु २' आजबाट प्रदर्शनमा आएको छ। पूजा शर्मा र पल शाहको मुख्य भूमिका रहेको यो फिल्म देशैभरमा सिनेमाहलमा रिलिज भएको छ।

यो फिल्म तीन विदेशी फिल्मसँग भिड्दै छ। आजबाटै आलिया भट्ट अभिनित बलिउड फिल्म ‘गंगुबाई काठियावाडी’ प्रदर्शनमा आएको छ। बहुप्रतीक्षित भनिएको उक्त फिल्म माफिया डन गगुंबाईको जीवनमा केन्द्रित छ। सञ्जय लीला भंसाली निर्देशित फिल्ममा आलियाका साथै अजय देवगनको भूमिका रहेको छ।

त्यसैगरी दक्षिण भारतीय फिल्म ‘बलिमाई’ पनि प्रदर्शनमा आएको छ। बोनी कपुरको निर्माणमा बनेको क्राइम थ्रिलर यस फिल्ममा अजित कुमारमुख्य भूमिकामा छन्। यस्तै, टम हल्यान्ड अभिनित हलिउड फिल्म ‘अनचार्टेड’ पनि आजैबाट प्रदर्शनमा आएको छ।

कोरोनाको तेस्रो लहरपछि रिलिज भएको ‘म यस्तो गीत गाउँछु २’ ले धेरै दर्शक हल फर्काउने हलवालाले आशा राखेका छन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!