२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पुष्पाले बनाएको रेकर्ड तोड्दै साउथ मुभी ‘भलीमाई’

२०७८, १५ फाल्गुन आईतवार ०५:५५

फागुन १५, काठमाडौँ । हुमा कुरैसी र तामिल सुपर स्टार अजित कुमारको अभिनय रहेको एक्सन थ्रिलर फिल्म 'भलीमाई' ले भारतको फिल्म हलमा हङ्गामा मच्याइरहेको छ।

यस अगाडि पुष्पाले बनाएको रेकर्डहरू यो फिल्मले तोड्ने भारतीय फिल्म समीक्षकहरूको बलिउड हंगामामा दाबी गरेका छन्। एक अर्ब ५० करोड लगानीमा बनेको यो फिल्मले रिलिज अगाडि नै लगानी उठाइसकेको थियो।

पहिलो दिन ग्रस कलेक्सन एक अर्ब पार गरेको फिल्मको दोस्रो दिनको व्यापार ६० करोड आसपास भयो। अजितको फिल्म हिन्दीमा समेत डब गरिएको छ।

हिन्दी फिल्म निर्माण गर्दै आएका बोनी कपुर निर्माता रहेको फिल्ममा बलिउड नायिका हुमाका कारण हिन्दी भाषीमाझ समेत राम्रो व्यापार गरिरहेको छ।

यो फिल्मले एक्लै तामिलनाडु बक्स अफिसबाट मात्रै पहिलो दिन ३७ करोड १७ लाखको व्यापार गरेको थियो। दोस्रो दिन फिल्मले तामिलनाडुमा मात्रै २४ करोड ६२ लाखको व्यापार गरेको छ।

हिन्दी र तेलगु भाषामा समेत डब भएको यसको गति हेर्दा साढे तीन अर्बको व्यापार गरेको पुष्पालाई जित्ने फिल्म व्यापारका जानकारहरूको आङ्कलन छ।

फिल्म समीक्षकहरूले राम्रो प्रतिक्रिया दिएको यो फिल्म नेपालमा पल शाह र पूजा शर्माको ' म यस्तो गीत गाउँछु' र भारतीय फिल्म गंगुबाईसँगै प्रदर्शन भइरहेको छ। नेपालमा 'म यस्तो गीत गाउँछु' पछि 'भलीमाई'लाई दर्शकले रुचाएको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !