१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पुष्पाले बनाएको रेकर्ड तोड्दै साउथ मुभी ‘भलीमाई’

१५ फाल्गुन २०७८, आईतवार ०५:५५

फागुन १५, काठमाडौँ । हुमा कुरैसी र तामिल सुपर स्टार अजित कुमारको अभिनय रहेको एक्सन थ्रिलर फिल्म 'भलीमाई' ले भारतको फिल्म हलमा हङ्गामा मच्याइरहेको छ।

यस अगाडि पुष्पाले बनाएको रेकर्डहरू यो फिल्मले तोड्ने भारतीय फिल्म समीक्षकहरूको बलिउड हंगामामा दाबी गरेका छन्। एक अर्ब ५० करोड लगानीमा बनेको यो फिल्मले रिलिज अगाडि नै लगानी उठाइसकेको थियो।

पहिलो दिन ग्रस कलेक्सन एक अर्ब पार गरेको फिल्मको दोस्रो दिनको व्यापार ६० करोड आसपास भयो। अजितको फिल्म हिन्दीमा समेत डब गरिएको छ।

हिन्दी फिल्म निर्माण गर्दै आएका बोनी कपुर निर्माता रहेको फिल्ममा बलिउड नायिका हुमाका कारण हिन्दी भाषीमाझ समेत राम्रो व्यापार गरिरहेको छ।

यो फिल्मले एक्लै तामिलनाडु बक्स अफिसबाट मात्रै पहिलो दिन ३७ करोड १७ लाखको व्यापार गरेको थियो। दोस्रो दिन फिल्मले तामिलनाडुमा मात्रै २४ करोड ६२ लाखको व्यापार गरेको छ।

हिन्दी र तेलगु भाषामा समेत डब भएको यसको गति हेर्दा साढे तीन अर्बको व्यापार गरेको पुष्पालाई जित्ने फिल्म व्यापारका जानकारहरूको आङ्कलन छ।

फिल्म समीक्षकहरूले राम्रो प्रतिक्रिया दिएको यो फिल्म नेपालमा पल शाह र पूजा शर्माको ' म यस्तो गीत गाउँछु' र भारतीय फिल्म गंगुबाईसँगै प्रदर्शन भइरहेको छ। नेपालमा 'म यस्तो गीत गाउँछु' पछि 'भलीमाई'लाई दर्शकले रुचाएको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव