१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्व मिस नेपाल श्रृंखलाले पनि दिईन् पल शाह प्रकरणमा आफ्नो टिप्पणी

१८ फाल्गुन २०७८, बुधबार ११:४०

फागुन १८, काठमाडौँ । अहिले सामाजिक सञ्जाल अभिनेता पल शाह प्रकरणले तातिरहेको छ । अभिनेता पल शाहविरुद्ध परेको जबर्जस्ती करणीको मुद्दाले यतिबेला नेपाली कला क्षेत्रमा ठूलो बहस निम्त्याएको छ। पलनिकट केहीले खुलेर पलको समर्थन गरिरहेको बेला कलाकारहरू खुलेर त्यस किसिमको प्रवृत्तिको विरोधमा उत्रिएका छन्। अभिनेत्रीहरू रेखा थापा, सञ्चिता लुइँटेल, ऋचा शर्मालगायतले खुलेर यस विषयमा धारणा राखेका छन्।

यसैबीच पूर्व मिस नेपाल श्रृंखला खतिवडाले पनि यस प्रकरणमा टिप्पणी गरेकी छन्। उनले वयष्क व्यक्तिले नाबालिगसँग यौनसम्बन्ध स्थापित गर्नु कानूनविपरीत भएकाले त्यस्तो सम्बन्ध अपराध भएको बताएकी छन्। ‘‘उसले यसो गर्न चाहेकी थिइन्’,भन्नुहुन्छ भने तपाईं पीडकलाई साथ दिँदै हुनुहुन्छ,” उनले भनेकी छन्, ‘‘नाबालिगले नै सहमतिमै सम्बन्ध राख्न चाहे पनि ‘हुन्न’ भन्ने काम वयष्कको हो।”

सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत खतिवडाले लेखेकी छिन्,‘कानुन वयस्कहरुलाई यस्ता नाबालिगको खोजी गर्नबाट रोक्नमा मद्दत गर्नका लागि बनाइएका हुन् जुन सजिलै प्रभावित हुनसक्छन् वा आफैंले कुनै निर्णय लिन असमर्थ हुनसक्छन् ।’

मानिसहरुले एक नाबालिगलाई भन्दा ३० वर्ष नाघिसकेका व्यक्तिलाई समर्थन गरिरहेकोमा आफुलाई विश्वास नभइरहेको उनको भनाइ छ । यो सम्बन्धले युवतीमा कस्तो मानसिक प्रभाव पारेको छ भन्ने कुरा कसैले कल्पना गर्न नसक्ने उनले बताएकी छिन् । नाबालिग जताततै अन्तरवार्तामा आउनुलाई खतिवडाले अपरिपक्कको संज्ञा दिएकी छिन् ।

पुर्व मिस नेपाल खतिवडाले ती नाबालिगलाई आत्मबल बलियो बनाउन पनि सुझाव दिएकी छिन् । नाबालिगसँग यौनसम्बन्ध स्थापित गर्नु अपराध भएको उनले स्पष्ट पारेकी छिन् । आजकाल धेरै नाबालिगले आफूभन्दा निकै पाको उमेरका पार्टनरसँग यौनसम्बन्ध स्थापित गरिरहेको भन्दै उनले जसको कारण जीवनभरी नै गहिरो घाउ बनिरहेको पनि बताएकी छिन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव