२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘मिस्टर मोडल अफ द वर्ल्ड नेपाल’ का लागि अवेदन खुला

२२ श्रावण २०७९, आईतवार ०५:५५

साउन २२, भक्तपुर | ‘मिस्टर मोडल अफ द वर्ल्ड नेपाल-२०२२’ का लागि आवेदन खुला गरिएको छ । आयोजक संस्था प्याजेन्ट नेपाल इन्टरनेसनल र ब्राइट इभेन्ट म्यानेजमेन्टले पुरुष मोडलहरूलाई सहभागिताका लागि आह्वान गरेको हो ।

प्रतियोगितामा सहभागिता जनाउनग ‘मिस्टर मोडल अफ द वर्ल्ड’को आधिकारिक फेसबुक पेजमा गएर सम्पर्क गर्न सकिने छ ।


प्रतियोगिताा विजेताले थाइल्यान्डको बैंककमा यही ३ देखि ७ नोभेम्बरसम्म आयोजना हुने ‘मिस्टर मोडल अफ द वर्ल्ड २०२२’ मा नेपालको प्रतिनिधित्व गर्नेछन्, जसमा विश्वका विभिन्न देशका मोडलहरू सहभागी हुनेछन् ।

यसअघि सन् २०१८ मा सम्पन्न उक्त प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका अभिनेता मोडल दिक्पाल कार्कीले मिस्टर ‘मोडल अफ द वर्ल्ड- २०१८’ को उपाधि जितेका थिए । सन् २०१९ मा भने मनोज गुरुङले उक्त प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका थिए ।

विगतमा अन्य प्रतियोगितामा छनोट भएका मोडलहरू पनि ‘मिस्टर मोडल अफ द वल्र्ड’मा प्रतियोगी हुने गरेकोमा अबदेखि ‘मिस्टर मोडल अफ द वर्ल्ड नेपाल’का विजेता मात्र नेपालको तर्फबाट ‘मिस्टर मोडल अफ द वल्र्ड’मा सहभागी हुन पाउनेछन् ।

‘मिस्टर मोडल अफ द वर्ल्ड नेपाल’को अन्तिम प्रतियोगिता आगामी ३ सेप्टेम्बरमा हुनेछ । १८ देखि ३२ वर्ष उमेर समूहका नेपाली नागरिकले यो प्रतियोगितामा भाग लिन पाउनेछन् । विदेशमा रहेका नेपाली नागरिकले समेत प्रतियोगितामा भाग लिन पाउनेछन् भने उचाइ र शिक्षाको मापदण्ड तोकिएको छैन ।

‘मिस्टर मोडल अफ द वर्ल्ड नेपाल’का इभेन्ट डाइरेक्टर मोडल दिक्पाक कार्की छन् भने क्रियटिभ डाइरेक्टर मोडल अक्षयजंग रायमाझी हुन् । यसपटक बैंककमा मिस्टर मोडल अफ द वर्ल्डको तेस्रो संस्करण हुन लागेको हो । कोरोना महामारीका कारण २०२० र २०२१ मा भने प्रतियोगिता हुन पाएको थिएन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव