२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘मिस्टर मोडल अफ द वर्ल्ड नेपाल’ का लागि अवेदन खुला

२०७९, २२ श्रावण आईतवार ०५:५५

साउन २२, भक्तपुर | ‘मिस्टर मोडल अफ द वर्ल्ड नेपाल-२०२२’ का लागि आवेदन खुला गरिएको छ । आयोजक संस्था प्याजेन्ट नेपाल इन्टरनेसनल र ब्राइट इभेन्ट म्यानेजमेन्टले पुरुष मोडलहरूलाई सहभागिताका लागि आह्वान गरेको हो ।

प्रतियोगितामा सहभागिता जनाउनग ‘मिस्टर मोडल अफ द वर्ल्ड’को आधिकारिक फेसबुक पेजमा गएर सम्पर्क गर्न सकिने छ ।


प्रतियोगिताा विजेताले थाइल्यान्डको बैंककमा यही ३ देखि ७ नोभेम्बरसम्म आयोजना हुने ‘मिस्टर मोडल अफ द वर्ल्ड २०२२’ मा नेपालको प्रतिनिधित्व गर्नेछन्, जसमा विश्वका विभिन्न देशका मोडलहरू सहभागी हुनेछन् ।

यसअघि सन् २०१८ मा सम्पन्न उक्त प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका अभिनेता मोडल दिक्पाल कार्कीले मिस्टर ‘मोडल अफ द वर्ल्ड- २०१८’ को उपाधि जितेका थिए । सन् २०१९ मा भने मनोज गुरुङले उक्त प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका थिए ।

विगतमा अन्य प्रतियोगितामा छनोट भएका मोडलहरू पनि ‘मिस्टर मोडल अफ द वल्र्ड’मा प्रतियोगी हुने गरेकोमा अबदेखि ‘मिस्टर मोडल अफ द वर्ल्ड नेपाल’का विजेता मात्र नेपालको तर्फबाट ‘मिस्टर मोडल अफ द वल्र्ड’मा सहभागी हुन पाउनेछन् ।

‘मिस्टर मोडल अफ द वर्ल्ड नेपाल’को अन्तिम प्रतियोगिता आगामी ३ सेप्टेम्बरमा हुनेछ । १८ देखि ३२ वर्ष उमेर समूहका नेपाली नागरिकले यो प्रतियोगितामा भाग लिन पाउनेछन् । विदेशमा रहेका नेपाली नागरिकले समेत प्रतियोगितामा भाग लिन पाउनेछन् भने उचाइ र शिक्षाको मापदण्ड तोकिएको छैन ।

‘मिस्टर मोडल अफ द वर्ल्ड नेपाल’का इभेन्ट डाइरेक्टर मोडल दिक्पाक कार्की छन् भने क्रियटिभ डाइरेक्टर मोडल अक्षयजंग रायमाझी हुन् । यसपटक बैंककमा मिस्टर मोडल अफ द वर्ल्डको तेस्रो संस्करण हुन लागेको हो । कोरोना महामारीका कारण २०२० र २०२१ मा भने प्रतियोगिता हुन पाएको थिएन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक