२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सामन्थासँग डिभोर्सपछि यस्तो भन्छन् नागा चैतन्य

२०७९, २५ श्रावण बुधबार १०:३६

साउन २५, काठमाडौँ | केही समयअगाडि दक्षिण भारतीय अभिनेता नागा चैतन्य र अभिनेत्री सामन्था रूथ प्रभुले सम्बन्ध विच्छेद गरे। त्यतिबेला उनीहरूले मित्रताको सम्बन्ध कायम राख्ने बताउँदै वैवाहिक सम्बन्ध टुंगाएका थिए।

करण जोहरको शो 'कफी विथ करण' मा सामन्थाले नागा चैतन्यसँग राम्रो सम्बन्ध नरहेको बताएकी थिइन्। उनले दुवैजना एउटै कोठामा भए धारिलो वस्तु लुकाउनु पर्ने समेत बताएकी थिइन् तर नागा चैतन्यले सामन्थासँग अचानक भेट भयो भने हेलो भन्दै अंकमाल गर्ने बताएका छन्।


उनले बलिउड बबलसँग कुराकानी गर्दै भने, 'सामन्थासँग अचानक भेट भयो भने म हेलो भन्छु र उसलाई अंकमाल गर्छु।'

नागा चैतन्यको दाहिने हातमा एक ट्याटु छ। उनका प्रशंसकहरूले उक्त ट्याटु कपी गर्दै आफ्नो हातमा खोपिरहेका छन् तर नागाले आफ्ना प्रशंसकहरूलाई उक्त ट्याटु कपी नगर्न आग्रह गरेका छन्। उनले आफ्नो विवाहको मिति कोर्डमा लेखेको बताउँदै कपी नगर्न आग्रह गरेका हुन्।

'मैले यस्तो प्रशंसकहरू पनि भेटेको छु जसले मेरो नामको ट्याटु बनाएका छन्। कतिपयले त मेरो हातको ट्याटु समेत कपी गरेका छन्। उहाँहरूलाई म के भन्न चाहन्छु भने यो कुनै कपी गर्ने चिज होइन। यो मेरो विवाहको मिति हो। त्यसैले यो ट्याटु मेरा प्रशंसकले नबनाउनु भन्ने चाहन्छु। यो देखेर मलाई नराम्रो महसुस हुन्छ किनकी जिन्दगीमा धेरै चिज परिवर्तन हुन्छ। म पनि यस ट्याटुलाई परिवर्तन गर्न सक्छु,' उनले भने।

उनले तत्काल ट्याटु हटाउनेबारे नसोचेको समेत बताए। 

नागा र सामन्थाको पहिलो भेट सन् २००९ मा रिलिज भएको फिल्म 'ये माया चेसावे'को सेटमा भएको थियो। त्यो बेलादेखि नै उनीहरूको सम्बन्ध राम्रो थियो र दर्शकहरूले पनि यो जोडीलाई मन पराएका थिए।

उनीहरूबीच राम्रो बुझाइ भए पनि उनीहरू सम्बन्धमा भने बसेनन्। त्यो समय नागा अभिनेत्री श्रुती हसनसँग प्रेम सम्बन्धमा थिए। सामन्था पनि सिद्धार्थकी प्रेमिका थिइन्।

तर सन् २०१३ तिर नागा र श्रुतीको ब्रेकअप भयो, सामन्था र सिद्धार्थ पनि एकअर्काबाट टाढा भए। ब्रेकअपपछि नागा र सामन्था केही समय एकअर्कासँग प्रेम सम्बन्धमा रहे। उनीहरूले सन् २०१७ मा वैवाहिक सम्बन्ध गाँसेका थिए तर २ अक्टोबर २०२१ मा उनीहरूले डिभोर्स गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक