२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुनील शेट्ठी सुपरस्टार हुन नसक्नुकाे पाँच कारण

२६ श्रावण २०७९, बिहीबार ०९:४४

साउन २६, काठमाडौँ । बलिउडको लोकप्रिय अभिनेताको नाम लिने हो भने सुनील शेट्ठी छुट्दैनन् । उनले आफ्नो करियरमा कैयौं फिल्ममा काम गरे, जुन फिल्मलाई दर्शकले उति नै मन पराए । तर पनि उनी बलिउडमा सुपरस्टार हुन सकेनन् ।


उनीसँगै काम गरेका अजय देवगन, अक्षय कुमार र सलमान खानसहितका कलाकारले सुपरस्टारको स्टारडम हासिल गरिसकेका छन् । यसको अर्थ यो होइन कि सुनीलले कम मेहनत गरे । तर सुनीलले करियरमा केही गल्ती गरे, जसकारण उनी सुपरस्टारको सूचीमा समेटिन सकेनन् । उनी सुपरस्टार हुन नसकेका पाँच गल्ती यहाँ उल्लेख छः

करियरमा फोकस नगर्नु

सुनीलले सन् १९९२ मा रिलिज फिल्म ‘बलवान’बाट आफ्नो करियरको सुरुवात गरेका थिए । उनको यो फिल्मले व्यापार राम्रो नगरे पनि उनको अभिनयको राम्रो तारिफ भएको थियो । त्यसपछि उनले ‘मोहरा’ र ‘दिलवाले’ जस्ता हिट फिल्ममा अभिनय गरे । यसपछि उनले कैयौं फिल्ममा काम गरे र आफूलाई एक्सन हिरोका रुपमा बलिउडमा स्थापित गरे । तर उनले विस्तारै विस्तारै आफ्नो करियरमा फोकस गर्न छाडे । यसको कारण उनी व्यापार व्यवसायमा लागे र फिल्मतिर कममात्र ध्यान दिन थाले ।

टाइपकास्ट भूमिका

उनले आफ्नो करियरमा ‘सुरक्षा’, ‘टक्कर’, ‘रक्षक’, ‘सपूत’ जस्ता फिल्ममा एक्सन देखाए । उनले हरेक फिल्ममा आफ्नो छविलाई एक्सनमा ढाले । एकै किसिमको भूमिकामा देखिन थालेपछि दर्शकले उनीतिर बढी ध्यान दिन सकेनन् । अर्थात् टाइपकास्ट भूमिकाले उनको करियरमा धक्का पुग्यो ।

सहायक भूमिका

उनले प्रमुख भूमिकासँगै केही फिल्ममा सहायक भूमिकामा पनि अभिनय गरे । ‘मोहरा’ र ‘दिलवाले’ जस्ता सुपरहिट फिल्ममा उनी सहायक भूमिकामा देखिए । उनले सहायक भूमिकामा अभिनय गर्नु आफ्नो लागि गलत ठानेनन् । यही कारण पनि उनी सुपरस्टारको दौडबाट बाहिरिनु पर्‍यो ।

मार्केटिङको अभाव

सुनीलले आफ्नो समयमा अजय, सलमान र अक्षयको जस्तो आफ्नो मार्केटिङ गरेनन् । यही कारण उनी प्रमुख भूमिकामा फिल्ममा काम कम पाउन थाले । उनको लोकप्रियतामा कमी त थिएन, तर प्रमुख भूमिकामा उनलाई फिल्ममा लिन निर्माता नै डराउन थाले ।

दोस्तीका लागि फिल्म

बलिउडमा स्टारको दोस्तीलाई प्राथमिकता दिइन्छ । सुनील पनि ती कलाकारमा पर्छन्, जसको राम्रा साथी बलिउडमा छन् । उनले कतिपय फिल्म साथीकै लागि गरे । तर ती फिल्मले उनको करियरलाई उल्लेख्य उठान गरेन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै