२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हल मालिकले घटाए लाल सिंह चड्डा र रक्षा बन्धनको शो

२७ श्रावण २०७९, शुक्रबार १०:०३

साउन २७, काठमाडौं | आमिर खानको फिल्म ‘लाल सिंह चड्डा’ र अक्षय कुमारको फिल्म ‘रक्षा बन्धन’ले बक्सअफिसमा कमजोर सुरुवात गर्‍याे । दुवै फिल्मले ओपनिङ डेमा कूल २० करोड रुपैंयाँको मात्र कलेक्सन गर्न सक्यो । यी दुवै फिल्मले रक्षा बन्धनको लाभ उठाउन सकेनन् । यहीकारण फिल्म हलका मालिकहरुले घाटालाई कम गर्नका लागि आफ्नो रणनीतिमा परिवर्तन गरेका छन् ।


समाचारअनुसार बक्सअफिसमा दुवै फिल्मले खराब व्यापार गरेपछि हल मालिकहरुले दुवै फिल्मको शो इच्छाअनुसार कम गर्ने निर्णय लिएका छन् । अक्षय र आमिर दुवैको फिल्म भारतका करिब १० हजार पर्दामा रिलिज गरिएको थियो ।

तर, केही स्थानमा पहिलो दिन फिल्म हेर्नकै लागि अधिकतम १० देखि १२ जनामात्र दर्शक आएका थिए । जसकारण हलका मालिकले ओवरहेडलाई बचाउन र सीमित शोमा अकुपेन्सी बढाउनका लागि दोस्रो दिन फिल्मको शो कम गर्ने निर्णय लिए ।

हाल भारतभर आमिरको फिल्मलाई १३ सय शो र अक्षयको फिल्मलाई एक हजार शो कम गरिएको छ । शुक्रबारको अकुपेन्सीको कुरा गर्दा आमिरको फिल्ममा बिहानीको शो अकुपेन्सी ८ दशमलब २७ प्रतिशत र अक्षयको फिल्मको अकुपेन्सी ७ दशमलब ६३ प्रतिशत थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव