भदौ ५, काठमाडौं | अभिनेत्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ५, काठमाडौं | अभिनेत्र"/>
२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज रेखा थापाको जन्मदिन, कति वर्ष पुगिन्?

५ भाद्र २०७९, आईतवार ०९:१०

भदौ ५, काठमाडौं | अभिनेत्री रेखा थापाले आज आफ्नो जन्मदिन मनाउँदैछिन्। अभिनेत्री रेखा थापा ४० वर्ष पुगेकी छन् । उनी २०३९ भाद्र ५ गते मोरङमा जन्मिएकी उनी नेपाली फिल्म क्षेत्रकी एक सफल अभिनेत्री हुन् । 


मोरङमा जन्मिएकी रेखाले चलचित्र ‘हिरो’बाट नेपाली रजतपटको यात्रा तय गरेकी थिइन्। पछिल्लो समय राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपामा रहेकी रेखाको फिल्मी परिचय अभिनेत्री, निर्माता र निर्देशक छ । फिल्म क्षेत्रमा उनलाई हिरोको, हिम्मतवाली र लेडी सिंघम भनेर समेत सम्बोधन गर्ने गरिन्छ । सौन्दर्य प्रतियोगिता हुँदै अभिनयमा भित्रिएकी रेखाले नरेश पौडेलको निर्देशित तथा छविराज ओझाको निर्मित फिल्म ‘हिरो’ बाट अभिनयमा डेब्यू गरेकी थिइन् । २ सय हाराहारी फिल्म अभिनय गरेकी उनले एक्सन अभिनेत्रीको छवि समेत बनाएकी छन् । धेरै हिट फिल्म दिएकी उनले हिरोइनको कारणले पनि फिल्म चल्न सक्छ साबित गर्न सफल भइन् ।

पत्रकारलाई थप्पडदेखि पुष्पकमल दाहाल (प्रचण्ड)सँग नाचेर समय समयमा चर्चा रहेकी उनले केही वर्ष अगाडि निर्माता छविराज ओझासँग छुट्टिएर उनी एक्लै रहदै आएकी उनले गत माघमा बलराम शाहीसँग अदालती विवाह गरेकी हुन् ।

फिल्म क्षेत्रमा राजेश हमालदेखि निखिल उप्रेती, विराज भट्ट, आर्यन सिग्देल लगायत धेरै अभिनेतासँग काम गरेकी रेखाको कुनैपनि हिरोसँग राम्रो सम्बन्ध लामो समय रहन सकेन । स्टारडमको घमन्ड गर्दै सबैसँग सम्बन्ध बिगारेकी रेखा पछिल्लो समय सम्बन्ध सुधार्न तिर लागेकी छन् । कुनै बेला रेखा छोटो पहिरनलगायतका कारण सर्वाधिक चर्चामा थिइन्।

हिरोको वरिपरि नाच्ने परम्परागत नायिका चरित्रलाई बदलेर एक्सन र विद्रोही चरित्र बदल्नमा उनको योगदान छ। अभिनेत्रीको स्टारडम सिर्जना गर्ने काममा उनले महत्त्वपूर्ण भूमिका खेलेको मानिन्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव