२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिलवेस्टरबाट अलग्गिन जेनिफरकाे निवेदन

१० भाद्र २०७९, शुक्रबार ०६:३३

एजेन्सी | फिल्म ‘रेम्बो’बाट विश्वमाझ चिनिएका हलिउड अभिनेता सिलवेस्टर स्टेलोनकी श्रीमतीले सिलवेस्टरबाट अलग्गिने घोषणा गरेकी छन् । श्रीमती जेनिफर फ्लेविनले फ्लोरिडाको पाम बीच काउन्टीको एक अदालतमा ७६ वर्षे अभिनेताबाट अलग्गिनका लागि निवदेन दिएकी छन् ।


स्टेलोन र फ्लेविनले सन् १९९७ मा विवाह गरेका थिए । यद्यपि उनीहरुको सम्बन्ध सन् १९८८ मा क्यालिफोर्नियाको बेवर्ली हिल्सको एक रेष्टुरेन्टबाट जोडिएको थियो । विवाहको २५ वर्षपछि उनीहरूले अलग्गिने निर्णय लिएका हुन् ।

गत मेमा दुवैले विवाहको २५औं वर्ष मनाएका थिए । यही मौकामा अभिनेताले श्रीमतीका लागि सामाजिक सञ्जालमा एक पोस्ट लेखेका थिए । ‘विवाहको २५औं वार्षिकोत्सवको शुभकामना । मसँग बयान गर्नका लागि कुनै पनि शब्द छैन । अविश्वसनीय रुपले निस्वार्थ समर्पित, धैर्यवान यी महिलाले हाम्रो जीवनमा केमात्र महत्व राखिनन् । म यही कामना गर्छु २५ वर्ष बढी यसरी नै बाँच्न पाइयो । धन्यवाद स्वीटहार्ट’, उनले लेखेका थिए ।

सिलवेस्टरका अलावा पत्नी फ्लेविनले पनि २५औं वर्षको शुभकामना सामाजिक सञ्जालबाट दिएकी थिइन् । यद्यपि उनले त्यो पोस्ट केही समयमा नै हटाइन् ।

सिलेवेस्टर एक्सन फिल्मका कारण विश्वमाझ चिनिए । उनले कैयौं हलिउड फिल्ममा अभिनय गरिसकेका छन् । ‘एक्सपेण्डेबल्स’मा उनको भूमिकालाई निकै मनपराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव