२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिलवेस्टरबाट अलग्गिन जेनिफरकाे निवेदन

२०७९, १० भाद्र शुक्रबार ०६:३३

एजेन्सी | फिल्म ‘रेम्बो’बाट विश्वमाझ चिनिएका हलिउड अभिनेता सिलवेस्टर स्टेलोनकी श्रीमतीले सिलवेस्टरबाट अलग्गिने घोषणा गरेकी छन् । श्रीमती जेनिफर फ्लेविनले फ्लोरिडाको पाम बीच काउन्टीको एक अदालतमा ७६ वर्षे अभिनेताबाट अलग्गिनका लागि निवदेन दिएकी छन् ।


स्टेलोन र फ्लेविनले सन् १९९७ मा विवाह गरेका थिए । यद्यपि उनीहरुको सम्बन्ध सन् १९८८ मा क्यालिफोर्नियाको बेवर्ली हिल्सको एक रेष्टुरेन्टबाट जोडिएको थियो । विवाहको २५ वर्षपछि उनीहरूले अलग्गिने निर्णय लिएका हुन् ।

गत मेमा दुवैले विवाहको २५औं वर्ष मनाएका थिए । यही मौकामा अभिनेताले श्रीमतीका लागि सामाजिक सञ्जालमा एक पोस्ट लेखेका थिए । ‘विवाहको २५औं वार्षिकोत्सवको शुभकामना । मसँग बयान गर्नका लागि कुनै पनि शब्द छैन । अविश्वसनीय रुपले निस्वार्थ समर्पित, धैर्यवान यी महिलाले हाम्रो जीवनमा केमात्र महत्व राखिनन् । म यही कामना गर्छु २५ वर्ष बढी यसरी नै बाँच्न पाइयो । धन्यवाद स्वीटहार्ट’, उनले लेखेका थिए ।

सिलवेस्टरका अलावा पत्नी फ्लेविनले पनि २५औं वर्षको शुभकामना सामाजिक सञ्जालबाट दिएकी थिइन् । यद्यपि उनले त्यो पोस्ट केही समयमा नै हटाइन् ।

सिलेवेस्टर एक्सन फिल्मका कारण विश्वमाझ चिनिए । उनले कैयौं हलिउड फिल्ममा अभिनय गरिसकेका छन् । ‘एक्सपेण्डेबल्स’मा उनको भूमिकालाई निकै मनपराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक