२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फिल्म ‘झिँगेदाउ’ अब ज्येष्ठ नागरिकहरुले निःशुल्क हेर्न पाउने

२० भाद्र २०७९, सोमबार ०९:३९

भदौ १९, काठमाडौँ | गत शुक्रवारदेखि प्रदर्शनमा आएको फिल्म ‘झिँगेदाउ’ अब ज्येष्ठ नागरिकहरुले निःशुल्क हेर्न पाउने भएका छन्।

राजधानीका बीएसआर मुभिज, अष्टनारायण पिक्चर्स प्रालि र काभ्रे बनेपास्थित शुभकामना हलले ज्येष्ठ नागरिकका लागि यस्तो स्किम ल्याएका हुन्।


आमा-सन्तानबिचको भावनात्मक कथा भनेका कारण बीएसआर मुभिजले ६५ वर्षमाथिका ज्येष्ठ आमाहरुको लागि सित्तैमा सिनेमा देखाउने घोषणा गरेको हो। अष्टनारायण पिक्चर्स र शुभकामना हलले पनि प्रदर्शन अवधिसम्म ज्येष्ठ आमा-बुबा दुवैलाई सित्तैमा सिनेमा देखाउने भएको छ।

शुक्रवार औसत व्यापार गरेको ‘झिँगेदाउ’ले शनिवारबाट राम्रो पिकअप गरिरहेको छ।

फिल्मलाई दर्शकको राम्रो साथ र प्रतिक्रिया मिलेपछि निर्देशक ज्ञानेन्द्र देउजाले ७ वर्षपछिको कमब्याक सफल भएको महशुस गरेका छन्। त्यस्तै, अभिनेत्री केकी अधिकारीले वर्षौंपछि हलमा परिवारसहित दर्शक फर्किदा खुसी मिलेको बताइन्।

अभिनेत्री आँचल शर्माले दर्शक प्रतिक्रिया र उपस्थितिले उत्साह मिलेको बताइन्। दर्शक प्रतिक्रिया बुझ्न आँचल सोमवार चितवन पुगेकी छिन्। उनले त्यहाँ दर्शकसँग साक्षात्कार गर्नेछिन्।

पारिवारिक दाउपेचको यो फिल्ममा केकी र आँचलका साथै मुकुन भुषाल, कुशल विष्ट, हिँउवाला गौतम, संगम भण्डारी लगायतको पनि अभिनय रहेको छ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव