२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अपूर्व क्षितिजलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

२२ भाद्र २०७९, बुधबार ०९:५४

भदौ २२, काठमाडौँ | कमेडियन अपूर्व क्षितिज सिंहलाई थप ५ दिन हिरासतमा राखिने भएको छ । जिल्ला प्रशासन कार्यालयले उनलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक प्रहरी अधिकृतले जानकारी दिए । अनुसन्धान नसकिएको भन्दै प्रहरीले अपूर्वलाई थप १० दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालयसँग अनुमति मागेकोमा प्रशासनले ५ दिन अनुमति दिएको हो ।


कमेडी क्याफे नामक युट्युब च्यानलबाट अपलोड गरिएको ‘नेवारको परम्परा’ शीर्षकमा नेवा समुदायमाथि लक्षित गर्दै व्यंग्य सामग्री प्रसारण गरेको आरोपमा उनी गत १२ गते पक्राउ परेका थिए । उनको सामग्रीमा सामाजिक अभियन्ताहरुले आपत्ति जनाएका थिए । प्रहरीले उनलाई सुरुमा १० दिन हिरासतमा राख्ने अनुमति लिएको थियो ।

अपूर्व भने अहिले वीर अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई मंगलबार साँझ वीर अस्पतालमा भर्ना गरिएको छ । प्रहरीले उनी उनीविरुद्ध ४ वटा मुद्दा अगाडि बढाएको छ । सुरुमा उनलाई नेवा समुदायको भाषा, खाना, संस्कृतिमाथि व्यंग्य गरेको आरोप लागेको थियो ।

यो विषयमा उनले आफ्नो फेसबुकमार्फत माफी समेत मागिसकेका छन् । केही दिन अगाडि दुवै पक्ष परिसर पुगेर अपूर्वले गरेको गल्तीलाई क्षमा गरेको र अब हिरासतबाट छाडिदिन आग्रह गरेका थिए । त्यसअनुसार उनी सोमबार नै छुट्ने अनुमान थियो । प्रहरीले मंगलबार उनका केही साथीलाई बोलाएर सोधपुछ समेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव