२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दीपकराज गिरीप्रति शर्मिला पाण्डेको आक्रोश

२०७९, ३ आश्विन सोमबार ०८:५३

असोज ३, काठमाडौं | निर्माता समेत रहेका कलाकार दीपकराज गिरीले छायांकनका क्रममा रहेको आफ्नो फिल्म ‘छक्का पन्जा ४’ आगामी फागुन १९ मा रिलिज गर्ने घोषणा गरेका छन्। यस अघिनै ‘परस्त्री’, ‘बर एन्ड बधु’ तथा ‘बुलाकी’ले प्रदर्शनका लागि फागुन १९ लाई लक गरिसकेका थिए। 


तीन फिल्म एकै दिन रिलिज तय हुँदासम्म मौन रहेकी निर्मात्री शर्मिला पाण्डे गिरीको ‘छक्का पन्जा ४’ले सोही मितिमा प्रदर्शन तय गरेपछि भने आक्रोशित देखिएकी छिन्। ‘परस्त्री’की निर्मात्री पाण्डेले सबैभन्दा पहिले फागुन १९ मा फिल्म प्रदर्शनको घोषणा आफूले गरेको भन्दै यहि मितिमा आउने तय गरेका अन्य फिल्मका कारण आफू हतोत्साही भएको बताएकी छिन्। 

आफूले तय गरेको मितिमा अरु फिल्मले पनि लगातार रिलिज घोषणाले  फिल्म उद्योगलाई नै धरासायी बनाउने उनको तर्क छ। उनले सामाजिक सञ्जालमा लेखेकी छिन् ‘हामी हाम्रो फिल्मलाई तोकिएकै मितिमा रिलिज गर्ने जानकारी गराउँछौँ।’

गिरीले रिलिज मिति तय गर्नुलाई पाण्डेले बलमिच्याँइ भनेकी छिन्। उनले फिल्म प्रदर्शनमा भएको यो बलमिच्याँइलाई विकास बोर्डले उचित व्यवस्थापन गर्ने समेत अपेक्षा गरेकी छिन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक