३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘प्रेम गीत ३’को सुखद् ओपनिङ, पहिलो दिन नेपाल र भारतमा कति कमायो ?

९ आश्विन २०७९, आईतवार ०७:४४

असोज ९, काठमाडौं | शुक्रवारदेखि प्रदर्शनमा आएको बहुप्रतीक्षित नेपाली चलचित्र ‘प्रेमगीत ३’ले नेपाल र भारतमा सुखद् ओपनिङ गरेको छ । अन्य देशहरुमा पनि चलचित्रले राम्रो व्यापार गरेको छ । प्रदर्शनको पहिलो दिन शुक्रवार चलचित्रले नेपालमा दुई करोड रुपैयाँको व्यापार गरेको हो । 


त्यस्तै, ‘प्रेमगीत ३’को हिन्दी संस्करणले भारतमा ९२ लाख भारु (नेपाली झन्डै डेढ करोड रुपैयाँ)को व्यापार गरेको चर्चित भारतीय समीक्षक तरण आदर्शले जनाएका छन् । 

भारतमा ५ सय पर्दामा प्रदर्शनमा आएको चलचित्रले सिमित शोजहरूका बाबजुत पनि सुखद् व्यापार गरेको आदर्शले फेसबुकमा उल्लेख गरेका छन् । उनका अनुसार शुक्रवार भारतमा टिकट दर पनि कम थियो ।

यस्तै, अमेरिका, क्यानडा, बेलायत, अष्ट्रेलिया लगायतका देशको व्यापार पनि जोड्दा चलचित्रले पहिलो दिन ७ करोड ७५ लाख नेपाली रुपैयाँभन्दा बढीको व्यापार गरेको बलिउड हंगामाले जनाएको छ । 

चलचित्रले शनिवार अझ बढी ब्यापार गरेको वितरकहरूले बताएका छन् । 

यद्यपी, शनिवारको व्यापार विवरण भने आइतवार साँझमाझै सार्वजनिक हुन्छ । नेपाली चलचित्र पहिलो पटक भारतीय वितकरले हिन्दी डबसहित विश्वबजारमा प्रदर्शनमा ल्याएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली