२७ पुष २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सेञ्चुरी मिस टिन नेपाल २०२२ को उपाधि प्रतीक्षालाई

१० आश्विन २०७९, सोमबार ०७:३१

असोज १०, काठमाडौं | सेञ्चुरी मिस टिन नेपाल २०२२ को उपाधि काठमाडौंकी प्रतीक्षा डंगोलले जितेकी छिन् । राष्ट्रिय नाँचघर जमलमा आइतबार आयोजित ग्राण्ड फिनालेमा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै डंगोलले मिस टिन नेपालको अठारौ संस्करणको ताज जितेकी हुन् ।  


प्रतियोगितामा सुस्मिता अधिकारी फस्र्ट रनरअप र सुस्जिता पौडेल सेकेण्ड रनर अप भइन् । काठमाडौं जेसीजले आयोजना गरेको प्रतियोगितामा खल्ती पब्लिक च्वाइस अवार्ड परिका भण्डारीले जितिन् ।


हेल्दी बेस्ट स्किनको अवार्ड पूजा वली, नामी मिस इन्टेलेक्चुअलको अवार्ड विभूषा बस्नेत र डी जिम मिस एथ्लेटको अवार्ड विसुका कोइरालाले जितिन् । त्यस्तै एनआइसी एसिया मिलनसार अवार्ड सुस्मिता अधिकारी, केटिएम रस बेस्ट वाक सुम्निमा पुरी र कुण्डलिनी ब्यांक्वेट मिस ट्यालेन्टको अवार्ड परिका भण्डारीले जितिन् । 


मिस टिनले क्राउनसहित नगद ३० हजार , फस्र्ट रनरअपले २० हजार र सेकेण्ड रनरअपले १० हजार प्राप्त गरे । उनीहरुले विभिन्न सामाजिक कार्य र परियोजनामा काम गर्ने अवसर समेत प्राप्त गर्ने आयोजक काठमाडौं जेसीजका अध्यक्ष अनुप सुनुवारले बताए । प्रतियोगिताले किशोरीहरुको सामाजिक सांस्कृतिक वृत्तिविकासमा मद्दत गरेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती देशभर मनाइँदै यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमय दर कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना एनआरएनएलाई नेपालमा बस्न १० वर्षसम्म भिसा शुल्क नलाग्ने च्याटजीपीका संस्थापकमाथि बहिनीलाई यौनशोषणको आरोप सुप्रिम सहकारी ठगी प्रकरण : रविलाई ४ करोड १५ लाख, छविलाई ४ करोड २७ लाख बिगो दाबी मेयर बालेनले सरकारसँग मागे नयाँ प्रमुख प्रशासकीय अधिकृत युके पठाइ दिन्छु भन्दै साढे ३१ लाख रकम ठगी गर्ने पक्राउ माधव नेपाल, प्रचण्ड र राजेन्द्र लिङ्देन छलफलमा जिबी राईलाई सबै दलले ल्याउन चाहेनन्, उनी आए पोल खुल्छः डा.दीक्षित वैदेशिक रोजगारीमा जाने श्रमिकलाई देशगत रूपमा अभिमुखीकरण तालिम दिन विभागको निर्देशन रवि लामिछानेविरुद्ध विरुद्ध बुटवलमा पनि मुद्दा दायर गरिंदै, प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन काठमाडौँमा जेसीबीको ठक्करबाट ११ वर्षीया बालिकाको मृत्यु विश्वकपमा केही राम्रो छाप छोड्नेछौं : कप्तान पूजा महत्तो ३७ लाख धरौटी बुझाएर छुटिन् लिला अचानो प्रहार गरेर श्रीमतीको हत्या दोलखाबाट काठमाडौं आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना अदालतको आदेशले छुटे पनि रविको सांसद निलम्बन फुकुवा नहुने जहाजको टिकट नपाएपछि स्थलमार्गबाट काठमाडौं आउँदै रवि धनकुटामा पिकअप दुर्घटना, २ जनाको मृत्यु