२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अटो चलाएर गुजारा गर्छन् सलाम बम्बेका शफीक

१० आश्विन २०७९, सोमबार ०८:०८

असोज १०, काठमाडौं | बाल कलाकारका रूपमा शफीक सैयदले फिल्म ‘सलाम बम्बे’ मा अभिनय गरे । फिल्ममा उनीसँगै रघुवीर यादव, इरफान खान र नाना पाटेकरको पनि अभिनय थियो । ठूला स्टारसँगै उनको अभिनयलाई पनि सबैले मनपराए । उनले नेसनल अवार्डसमेत जिते ।


शफीकले सानै उमेरमा यति ठूलो सफलता पाउँछु भन्ने कहिल्यै सोचेनन् । उनले फिल्ममा कृष्णको भूमिकामा अभिनय त गरे, तर आगामी दिनमा कति संघर्ष गर्नुपर्छ भन्ने उनलाई थाहा थिएन । ‘सलाम बम्बे’ पछि उनको भाग्यको ढोका खुल्नेमा सबै ढुक्क थिए । किनकि उनले नेसनल अवार्ड जितिसकेका थिए । तर ठीकविपरीत भइदियो ।

‘सलाम बम्बे’ पछि उनी अर्को एक फिल्ममा मात्र देखिए । त्यसपछि उनी बलिउडबाट गुमनाम भए ।  उनले कैयौं निर्माताको घर र कार्यालय धाए, तर कतै काम पाएनन् । उनी निरास भएर गृहनगर बैंगलोर फर्किए । घर फर्किएपछि उनले जीवन चलाउन सानोतिनो काम गरे । कहिले लाइटमेन बने त कहिले अटो चालक ।

उनी अहिले अटो चलाएर परिवारको पालनपोषण गरिरहेका छन् । उनको विवाह भइसकेको छ र चार सन्तान छन् । उनी कन्नड उद्योगको टेलिभिजन प्रोडक्सन युनिटमा असिस्टेन्टको रूपमा पनि काम गर्छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव