२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हिना शुक्ला बनिन् मिसेस् नेपाल पिस

११ आश्विन २०७९, मंगलवार ०३:०६

असोज ११, काठमाडौं | ‘मिसेस् नेपाल पिस २०२२’ को उपाधि हिना शुक्लाले जितेकी छन् । २० प्रतियोगीलाई पछि पार्दै उनले मिस फोटोजेनिकसहित शिर्ष उपाधि चुमेकी हुन् ।

जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगीतामा रीमा खड्का ‘फष्ट रनर अप’, सुबिना शाक्य ‘सेकेन्ड रनर अप’, सीमा सराफ ‘थर्ड रनर अप’ र रेशमा पुरी ‘फोर्थ रनर अप’ घोषित भए ।

एमी इन्टरटेन्मेन्टको आयोजना र युहान इन्टरनेशनको ब्यवस्थापन रहेको प्रतियोगितामा विधागततर्फ अञ्जु ढुंगाना ‘पब्लिक च्वाईस’, बिनिता प्रधान ‘भिवर्स च्वाईस’, हिरादेवी श्रेष्ठ ‘मिसेस् ट्यालेन्ट’, सबी ह्यौमिखा ‘म्यानेजमेन्ट च्वाइस’, संगीना ताम्राकार ‘बेस्ट ड्रेस’ र ‘बेस्ट पिस प्रोजेक्ट’, अनिशा सुवेदी ‘बेस्ट वाक’, सपना श्रेष्ठ ‘बेस्ट स्माइल’, अञ्जु न्यौपाने ‘मिसेस् कञ्जीनालिटी’, मनीषा रेग्मी ‘मिसेस् कन्फिडेन्ट’ र रीमा खड्का ‘बेष्ट पर्सनालीटी’ चुनिए ।

अभिनेत्री ऋचा शर्मालाई मानार्थ ‘मिसेस् नेपाल पिस’ को उपाधिसमेत प्रदान गरिएको प्रतियोगीतामा राजभाई सुवाल, सीता पाठक, आस्था साख, सृजना जोशी र अभिनेत्री शर्मा  निर्णायक रहेका थिए ।

महिलाविरुद्ध हुने सबैखाले हिंसाको न्युनिकरणमा योगदान दिने हेतुले प्रतियोगीताको आयोजना गरिएको आयोजक एमी इन्टरटेन्मेन्ट एमी रौनियारले बताए । प्रतियोगीता उमेर समुह, विवाहित, डिभोर्सी, तौल, उचाईंको पनि मापदण्ड नराखिएको  उनले सुनाए ।

रोजिन शाक्यको कोरियोग्राफी रहेको प्रतियोगीतामा रीमा खड्का, अनिशा सुवेदी, बिनिता प्रधान, श्रेया रेवदी श्रेष्ठ, वन्दना चौधरी, लक्ष्मी ढुंगाना, अञ्जना अमात्य चुके, संगीना ताम्राकार, मनिषा रेग्मी, अर्चना अमात्य, प्रमिला लामा, सपना श्रेष्ठ, साबी ह्यौमिख, हिरादेवी श्रेष्ठ, अन्जु न्यौपाने, सुबिना शाक्य, अञ्जु ढुंगाना, सीमा सराफ, रेशमा पूरी, हिना शुक्ला लगायत प्रतियोगीताको आजीवन सदभावना दूत समेत नियुक्त भएका थिए ।

प्रतियोगिताले विवाहित नारीहरूको माध्यमबाट महिलाविरुद्ध हुने हरेक खालका हिंसाबारे महिलाहरुलाई जागरुक बनाउँदै त्यसविरुद्ध महिलालाई सशक्त रुपमा प्रस्तुत हुन सचेतनाको माध्यमबाट आत्मविश्वास र आत्मबल निर्माण गरेको आयोजकको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव