Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
August 29, 2018 अछाम - ACM, अर्घाखाँची - AGK, इलाम - ILM, उदयपुर - UDP, ओखलढुङ्गा - OKL, कन्चनपुर - KNC, कपिलवस्तु - KPL, काठमाडौँ - KTM, काभ्रेपलान्चोक - KVP, कालिकोट - KLK, कास्की - KSK, कैलाली - KLL, खोटाङ्ग - KTG, गुल्मी - GLM, गोरखा - GRK, चितवन - CTW, जाजरकोट - JKT, जुम्ला - JML, झापा - JP, डडेलधुरा - DDL, डोटी - DT, डोल्पा - DLP, तनहुँ - TNH, ताप्लेजुङ्ग - TPL, तेह्रथुम - TRT, दाङ्ग - DNG, दार्चुला - DCL, दैलेख - DLK, दोलखा - DLKH, धनकुटा - DNK, धनुषा - DNS, धादिङ्ग - DHG, नवलपुर - NWL, नुवाकोट - NWK, पर्बत - PBT, पर्सा - PRS, पश्चिमी रुकुम - RKM, पाँचथर - PCT, पाल्पा - PLP, प्युठान - PTN, बझाङ्ग - BJN, बर्दिया - BRD, बाँके - BNK, बाग्लुङ्ग - BGL, बाजुरा - BJR, बारा - BR, बैतडी - BTD, भक्तपुर - BKT, भोजपुर - BJP, मकवानपुर - MKW, मनाङ्ग - MNG, महोत्तरी - MHT, मुगु - MG, मुस्ताङ्ग - MST, मोरङ्ग - MRG, म्याग्दी - MGD, रसुवा - RSW, रामेछाप - RMC, रुपन्देही - RPD, रोजगार जानकारी , रोल्पा - RLP, रौतहट - RTH, लम्जुङ्ग - LMG, ललितपुर - LLT, सङ्खुवासभा - SKW, सप्तरी - SPT, सर्लाही - SLH, सल्यान - SLN, सिन्धुपाल्चोक - SDP, सिन्धुली - SDL, सिराहा - SRH, सुनसरी - SNS, सुर्खेत - SKT, सोलुखुम्बु - SLK, स्याङ्गजा - SNJ, हुम्ला - HML

बैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? यी ९ कुरामा ध्यान नदिँदा ठगिनु हुनेछ

By साझासवाल 21 मिनेट पढाइ

पढ्न करिब 8 मिनेट लाग्छ
प्रकाशित:

भदौ १३, काठमाडौँ | बैदेशिक रोजगार नेपालीहरुको बाध्यता बनेको छ । पछिल्लो १० बर्षको रेकर्ड हेर्ने हो भने ५० लाख भन्दा बढी नेपालीहरु बैदेशिक रोजगारीमा गईसकेका छन् त्यसमा पनि अगन्य मात्रामा नेपालीहरु नेपालको ऐएरपोर्ट नभई भारत तथा अन्य तेश्रो मुलुकको बाटो हुँदै बिदेशमा कार्यरत छन् ।

बैदेशिक रोजगारी रोक्न सरकारले जतिसुकै लोभलाग्दो नीति बनाए पनि त्यस्ता नीति व्यवहारिक रुपमा प्रयोगमा नआउँदा समस्या पर्ने गरेको छ । ऐदेशिक रोजगारीको क्रममा केहि नेपाली बुझेर पनि बाध्यताका कारण ठगिमा पर्छन भने केहि बुझ्दै नबुझेको कारण ठगीमा पर्ने गरेका छन् । धेरै जसोलाई विदेश जानुअघि आधारभूत कुराहरुको ज्ञान नहुँदा बैदेशिक रोजगारीमा गईसकेपछि समस्या पर्ने वा ठगीका कारण बैदेशिक रोजगारीमै जान नपाउने अवस्था आउन सक्छ । भविष्यमा ठूलो दुःख पाउने सम्भावना हुन्छ । त्यसैले आफ्नो वैदेशिक रोजगारको यात्रालाई सुरक्षित र सुखद बनाउन कामदार आफैं सचेत हुनुपर्छ ।

१. सीप सिक्नुस्

बैदेशिक रोजगारीमा जाँदैहुनुहुन्छ भने पहिलो कुरा सिप सिक्नुस । विदेश जाने योजना हतार-हतारमा बनाउनुभयो भने तपाइँ आफैलाई त्यो हतारले जीवनभारी समस्या पार्छ । अधिकांश नेपालीहरु गाउँबाट सहर आएर १/२ महिना सिप सिकेर बैदेशिक रोजगारीमा जानु भन्दा गाउँतिरैका एजेन्ट वा सहर आई सिधै एजेन्टलाई पासपोर्ट बुझाएर विदेश जाने अघिल्लो दिन मात्र म्यानपावर आउने गर्छन । त्यसो अवस्थामा एजेन्ट वा म्यानपावरले जे भन्यो त्यहि पत्याएर सबै प्रोसेस हुन्छ । जब रोजगारीमा गएर थाहा हुन्छ, पहिले भनेजस्तो केहि पनि छैन । यदी १०/२० हजारको मुख नहेरी १/२ महिना तालिम लिएर मात्र त्यस्तै खालको काम खोजेर बैदेशीक रोजगारीमा जान सक्नुहुन्छ । यसरी रोजगारीमा जाँदा तलब पनि राम्रो पाइन्छ । म्यानपावरहरुले सीप नभए पनि कम्पनीहरुमा ‘यो काम, ऊ काम हुन्छ’ भन्छन । तर, आफूसँग कुनै काम गर्ने सीप नै छैन भने गाह्रो प्रकारको काम गर्नुपर्छ । त्यस्तो काम गर्नाले आम्दानी पनि सोचेजस्तो हुँदैन । यदी तपाइले सिप सिक्नुभएको छ भने तपाइको सीप खेर जाँदैन, केहि कारण विदेश जान नसकिए वा मन नलागे त्यहि सिकेको सीपलाई नेपालमै पनि प्रयोग गर्न सकिन्छ ।

२. एजेन्टलाई विश्वास नगर्नुस्

पछिल्लो समय बैदेशिक रोजगारीमा पठाउने काममा जोडिएका कयौं एजेन्टहरु छन् । पहिलो कुरा बैदेशिक रोजगारीमा एजेन्टसँग जोडिनु भनेको चर्को शुल्कमा पर्नु हो । अर्को कुरा एजेन्टले आफूलाई फाइदा हुने भएपछी हुँदै नभएको काम र सुविधा पनि छ भन्दै ढाटेर तपाइँलाई बैदेशिक रोजगारीमा पठाउन सक्छन । अर्को कुरा तपाइँ कुनै व्यक्तिको भर परेर अवैधानिक रुपमा विदेश जानु भएमा भविष्यमा ठूलो समस्यामा पनि पर्न सक्नुहुन्छ । सकेसम्म आफैंले म्यानपावर छानेर राम्ररी बुझेर डिमाण्ड हेरेर मात्र रोजगारीमा जानुस् । कुनै व्यक्तिले आफैं मिलाएर विदेश पठाउँछु भन्छ भने बिना आधार विश्वास नगर्नुस् । त्यस्ता व्यक्तिले तपाइँलाई ठग्दैछन् भन्ने बुझ्नुस । कन्सल्टेन्सी र्फम, ट्राभल एजेन्सी, मनी ट्रान्सफर चेन्जर, दलाल, एजेन्ट वा अन्य कुनै पनि संस्थालाई वैदेशिक रोजगारीमा पठाउने अधिकार नहुने हुँदा यस्ताको भरमा रोजगारीमा जाँदै हुनुहुन्छ भन्ने तपाइँलाई भविष्यमा समस्या पर्दा निकै अफ्ट्यारो हुने निश्चित हुन्छ । यी कसैलाई पनि विदेश जाने आशामा रकम नदिनुस्, ठगिने प्रवल सम्भावना हुन्छ । संस्थागत रुपमा कामदार विदेश पठाउने काम म्यानपावर कम्पनीले गर्छन् । म्यानपावर कम्पनि पनि आधिकारिक छन् कि छैनन् भन्ने बारे बुझेर मात्र रोजगारीको लागि जान सकिन्छ । कुनै म्यानपावर संकास्पद लागेमा बैदेशिक रोजगार बिभागमा सम्पर्क गर्न सक्नुहुन्छ । कतिपय म्यानपावर इजाजत पाएर पनि कारवाहीमा परेका हुनसक्छन । रोक्का भएका छन् भने त्यस्ता म्यानपावरबाट रोजगारीमा नजानुहोला । कुनै म्यानपावर खारेजीमा पनि परेका हुन सक्छन् । यस्तो जानकारी तपाईंले वैदेशिक रोजगार विभागबाट पाउन सक्नुहुन्छ ।

अर्को कुरा कसैको लहलहैमा व्यक्तिगत प्रयासबाट भिसा प्राप्त गरी वैदेशिक रोजगारीमा जाँदा पनि समस्यामा पर्न सकिन्छ । यस्तो अवस्थामा व्यक्तिले नेपाली दूतावासबाट प्रमाणित सक्कल कागजातसहित श्रम स्वीकृति लिनुपर्छ । कुन संस्था वा को मार्फत जाने हो भन्नेबारे यथेष्ट जानकारी सुरक्षित राख्नुहोस् । पैसा बुझाउँदा अनिवार्य भरपाई वा अन्य प्रमाण राख्नुपर्छ ।

३. आफू जाने देश, काम, सुविधा र लागतबारे जान्नुहोस्

बैदेशिक रोजगारीका लागि कुन देश र के काममा जाँदैछु भन्ने बिषयमा स्पष्ट हुनुहोस् । रोजगारीको लागि कति खर्च लाग्छ ? काम गरेवापत तलब कति हुन्छ ? खाना/बस्न व्यवस्था छ कि छैन ? काम गर्नुपर्ने घण्टा कति ? ओभरटाइम छ कि छैन ? करार अवधि कति बर्ष छ ? आदिबारे राम्ररी जानकारी लिन पर्छ । म्यानपावर कम्पनीले विदेश पठाउन पासपोर्ट मागएमा कामका लागि कति अवधिभित्र र कति लागतमा पठाउने भन्ने यकिन गरेर भर्पाई गराएर मात्र सक्कल पासपोर्ट बुझाउनु पर्छ । खुकुलो तरिकाले पासपोर्ट दिनु भयो भने पछी समस्या पर्न सक्छ ।

आफ्नो नाममा भिसा आएर विदेश जाने निश्चित भएपछि म्यानपावर कम्पनीको बैंक खातामा वा प्रधान कार्यालयमा मात्र रकम बुझाउनुपर्छ । एजेन्टलाई पैसा बुझाउनुभयो भने तपाइँलाई पछी केहि कारण बैदेशिक रोजगारीबाट फर्कनुपर्यो भने आफूले बुझाएको पैसाको प्रमाण नहुँदा कम क्षेतीपूर्ति पाउने बाध्यता हुन्छ । बुझाएको रकमको भर्पाई अनिवार्य रुपमा लिएर सुरक्षित राख्नुपर्छ । कुन देश जान कति रकम लाग्छ भन्ने जानकारी तपाईंले राख्नैपर्ने हुन्छ ।

पूर्वस्वीकृतिअनुसार विज्ञापनमा उल्लेख भएभन्दा बढी रकम कसैलाई नदिनुस् । देश, कम्पनी, काम गर्ने पद र पेशा, तलबभत्ता, अन्य सुविधा र सेवा सर्तबारे चित्त बुझेमा मात्र मात्र सम्झौतापत्रमा सही गर्नुपर्छ । सम्झौताको एकप्रति आफूले राखुहोला । साथै आफ्नो मोबाइलमा पनि सबै प्रमाण खिचेर राख्नुहोला ।  एउटै कम्पनीसँग मात्र सम्झौता गर्नुपर्छ, दोहोरो सम्झौता गर्दा ठगिमा परिन्छ । रकम बुझाएपछि रसिद अनिवार्य लिनुपर्छ र त्यसो रसिद पनि सुरक्षित राख्नुपर्छ ।

त्यस्तै आफू जान लागेको देशको भाषा, संस्कृति, रहनसहन, चालचलन, रीतिरिवाज र कानूनबारे साथीभाइ र अग्रजसँग जानकारी लिनुपर्छ । साथै गुगलबाट पनि त्यसो बिषयमा सर्च गरेर अध्ययन गर्न सकिन्छ । त्यस्तै आफू जाने मुलुकमा रहेको नेपाली दूतावासको सम्पर्क ठेगाना, अन्य कामदारलाई सघाउने र सहयोग गर्ने संघसंस्थाहरुको फोन र फ्याक्स नम्बर डायरीमा टिपेर साथैमा राख्नुपर्छ । समस्या परेका बेला त्यसले निकै सहयोग पुग्नेछ ।

४. श्रम स्वीकृति, भिसा र पासपोर्टबारे जानकारी लिनुहोस्

वैदेशिक रोजगारीमा जानेले आफ्नो पासपोर्टको मिति, भिषा लागे नलागेको र श्रम स्वीकृति भएनभएको हेरेर मात्र बैदेशिक रोजगारीमा जानु पर्छ । व्यक्तिगत र संस्थागत गरी दुई किसिमका श्रम अनुमति जारी हुन्छ । वैदेशिक रोजगार विभाग अन्तर्गत ताहचलस्थित कार्यालयबाट श्रम स्वीकृति पाउन सकिन्छ । पहिलेको श्रम स्वीकृति म्याद नाघेको वा नयाँ देश वा कम्पनीमा वैदेशिक रोजगारमा पुनः जाँदा अनिवार्य रुपले नवीकरण गराउनुपर्छ । करार अवधि सकिएपछि पनि स्वीकृतिबिना गैरकानूनी तरिकाबाट भिसाको म्यादभन्दा बढी समय बिदेशमा बस्नु हुँदैन । यदी म्याद सकिएपछी सम्बन्धित देशमा बसिएको छ भने देश अनुसार कानूनी कारवाही भोग्नुपर्ने हुन्छ । आफ्नो राहदानीको म्याद समयमै नवीकरण गर्नुपर्छ । रोजगारीमा जानुअघि श्रम स्वीकृति लिनुपर्छ । श्रम स्वीकृति नलिए तपाईंलाई दलालहरुले भारतीय विमानस्थलहरुबाट उडाउन सक्छन् । त्यसैले यी विषयमा सचेत रहनुपर्छ । अहिले बैदेशिक रोजगार बिभागको वेबसाइट वा 'बैदेशिक रोजगार' नामक मोबाइल एपबाट पनि आफ्नो श्रम स्वीकृति भए-नभएको सजिलै हेर्न सकिन्छ ।

५. मेडिकल तथा बीमा गराउनुहोस्

बैदेशिक रोजगारीमा जानु अघि सूचीकृत स्वास्थ्य संस्थाबाट मात्र स्वास्थ्य परीक्षण गराउनुहोला । सरकारले तोकेको होलोग्राम भएको स्वास्थ्य परीक्षण प्रमाणपत्र लिनुहोस् । विदेशबाट स्वास्थ्य परीक्षणमा फेल भएर फर्किनुपरेमा यसले क्षतिपूर्ति माग्न आधार प्रदान गर्छ । सरकारले तोकेको बीमा कम्पनीमा करार अवधिअनुसार जीवन बीमा गराउनुपर्छ । बीमाका लागि रकम बुझाएर रसिद लिनुपर्छ र त्यसो रसिद सुरक्षित राख्नुपर्छ । बीमाको रकम नतिरी श्रम स्वीकृति नपाइने हुँदा बीमा शुल्क दलाललाई नबुझाउनुहोला ।

६. अभिमुखीकरण तालिम लिनुहोस्

बैदेशिक रोजगारीमा जानु अघि अभिमुखीकरण तालिम अनिवार्य लिनुहोस् । यसले तपाईंलाई विदेशमा पर्ने समस्याहरुसँग जुध्न सिकाउँछ । सरकारले तोकेको संस्थामा अनिवार्य रुपमा दुईदिने अभिमुखीकरण र जाने मुलुकको श्रम कानूनसम्बन्धी जानकारी लिनुपर्छ । अभिमुखीकरण तालिमबाट आफू जाने देशको भौगोलिक अवस्था, हावापानी, ट्राफिक नियम, श्रमसम्बन्धी सामान्य कानूनी प्रावधानलगायत विषयमा पर्याप्त जानकारी हुन्छ । तपाईंले कमाएको पैसा वैधानिक रुपमा नेपाल पठाउने विधिबारे पनि जानकारी पाउनुहुन्छ ।

७. विदेश जानको लागि स्वीकृत भएका कागजात सुरक्षित राख्नुहोस्

वैदेशिक रोजगारीमा जान विदेश प्रस्थान गर्नुअघि आफूले प्राप्त गरेका रोजगारसम्बन्धि सबै कागजात, कम्पनीले दिएको अफर लेटर सहित म्यानपावर दिएको सम्झौता कागजातहरु सबै प्रतिलिपी बनाएर १/१ थान आफ्नो घरमा आफुले सुरक्षित राख्नुहोला । अझ सहजताको लागि आफूले बोक्ने मोबाइलमा फोटो खिचेर राख्न सकिन्छ । कागजात कानूनी हतियार भएकाले कुनै समस्या आईपरे त्यस्ता हतियार प्रयोग गरेर तपाइले क्षेतिपूर्ति पाउन सक्नुहुन्छ ।

८. प्रतिबन्धित वस्तुहरु नबोक्नुस्

बैदेशिक रोजगारीमा जाँदा प्रतिबन्धित वस्तुहरु नबोक्नुस् । यदी कसैले साथीलाई पठाएको सामान वा तपाइँ आफैलाई गिफ्ट दिएको सामान छ भने पनि त्यस्ता सामान के हो विमानस्थलबाट लैजान पाइन्छ कि पाइंदैन बुझेर मात्र बोक्नुहोस । प्रतिबन्धित वस्तुहरु बोक्दा विदेशमा पक्राउ परिने सम्भावना हुन्छ ।

९. नेपाल बाहेक अन्य देशको एयरपोर्ट प्रयोग नगर्नुस्

वैदेशिक रोजगारीमा ठगी परिने सबैभन्दा ठूलो सम्भावना यसैमा हुन्छ । ठगीमा सक्रिय दलालहरुले विभिन्न बहानामा भारत वा अन्य विदेशी विमानस्थलबाट लैजाने प्रलोभन देखाउन सक्छन् ।  बैदेशिक रोजगारीमा जानको लागि अनिवार्य त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्नुपर्छ । श्रम स्वीकृतिको निस्सा प्राप्त नहुँदै हवाई टिकट पनि खरीद गर्नुहुँदैन । त्यस्तै कसैलाई त्यस अघिनै पैसा पनि बुझाउनु हुँदैन । अहिले बैदेशिक रोजगार बिभागको वेबसाइट वा 'बैदेशिक रोजगार' नामक मोबाइल एपबाट पनि आफ्नो श्रम स्वीकृति भए-नभएको सजिलै हेर्न सकिन्छ । यदि कसैले तपाईंलाई ललाई-फकाई बिदेशी बाटो हुँदै रोजगारीमा लगाईदिन्छु भनेको छ भने स्थानीय प्रहरीलाई खबर गर्नुपर्छ । लुकीछिपी जाँदा ठगिने, कानूनी कारवाही हुने, अलपत्र पर्ने, दुर्घटना हुने, सम्झौताबमोजिम काम नपाउने, उद्धार पाउन कठिन हुने र नेपाल सरकारले दिने कल्याणकारी कोष, बीमा कम्पनीबाट प्राप्त हुने सेवा सुविधाबाट बन्चित हुने अवस्था आउँछ । पत्रपत्रिकामा प्रकाशित हुने वैदेशिक रोजगारीका सूचनाको आधिकारिकता बुझ्नुपरेमा विभागको वेबसाइट वा तपाइकै मोबाइलमै 'बैदेशिक रोजगार' नामक मोबाइल एप डाउनलोड गरेर राख्न सक्नुहुनेछ ।