३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोजगार जानकारी

आजदेखि ई-पासपोर्ट ! विशेषता के ? शुल्क कति ? एमआरपी हुनेले के गर्ने ?

२ मंसिर २०७८, बिहीबार १३:३२

मङ्सिर १, काठमाडौँ | आजदेखि मेशीन रिडेबल पासपोर्ट (एमआरपी) को सट्टा सरकारले विद्युतीय राहदानी (ई-पासपोर्ट) कार्यान्वयनमा ल्याएको छ।

नयाँ पासपोर्ट लिनेहरूलाई अबदेखि विद्युतीय पासपोर्ट दिइने राहदानी विभागका अधिकारीहरूले बताएका छन् । सुरुका १० दिन परीक्षणको रूपमा हेरिने भएकोले सीमित सङ्ख्यामा मात्रै राहदानी वितरण गरिने बताइएको छ।

त्यसपछि भने प्राविधिक पक्षहरूको अध्ययन गरेर नयाँ बनाउन आउने वा पुरानो राहदानीको समयावधि सकिएका सबैलाई ई-पासपोर्ट नै दिइने अधिकारीहरूले बताएका छन्।

यस्ता छन् ई-पासपोर्टको विशेषता

सरकारले एमआरपी लागु गरेको ११ वर्ष पछि ई-पासपोर्ट प्रयोगमा ल्याएको छ । इ-पासपोर्टमा विद्युतीय चिप हुने र त्यसमा सम्बन्धित व्यक्तिका सम्पूर्ण विवरणहरू समाविष्ट हुन्छ ।

एमआरपीको तुलनामा ई-पासपोर्ट बढी विश्वसनीय र सुरक्षित हुने बिभागले जनाएको छ । नेपाल अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आईकाओ)को पब्लिक की डिरेक्ट्री (पीकेडी) को सदस्य भएकाले सदस्य राष्ट्रहरूमा शेअर हुन्छ। अध्यागमन कार्यालयहरूमा व्यक्तिले बोकेको पासपोर्ट आधिकारिक हो कि होइन भनेर जाँच गर्न सकिने भएकोले यो बढी सुरक्षित हुन्छ ।

विद्युतीय पासपोर्टमा बायोमेट्रिक सूचनाहरु 'चिप'मा हुन्छ । यसमा हातका औंला, आँखा र अनुहारलाई कैद गर्छ । कुनै पनि व्यक्तिको पासपोर्ट हेर्ने बित्तिकै उसको बारेमा सम्पूर्ण जानकारी प्राप्त हुन्छ । व्यक्तिगत, कूटनीतिक अधिकारी, आधिकारिक, शान्ति मिसनमा जाने सुरक्षाकर्मी, ट्राभल डकुमेन्ट, अस्थायी पासपोर्ट र रेकर्ड बुक गरी सात प्रकारका विद्युतीय पासपोर्ट आउन लागेको राहदानी विभागले जनाएको छ ।

इपास्पोर्ट लिनको लागि पुरानै प्रक्रिया हो । तर विद्युतीय राहदानी लिनका लागि सरकारले जारी गरेको राष्ट्रिय परिचयपत्रको नम्बर अनिवार्य हुन्छ । राष्ट्रिय परिचयपत्रमा जुन विवरणहरू प्रयोग हुन्छ त्यसकै प्रमाणिकरण ई-पासपोर्टमा हुन्छ । यस्तो पासपोर्ट सम्बन्धित व्यक्तिबाहेक अरूले कुनै पनि तरिकाले प्रयोग गर्न तथा दुरुपयोग गर्न सक्दैन ।

राष्ट्रिय परिचयपत्र बनाउनको लागि नेपालमै आउनुपर्ने हुँदा विदेशमा रहेकाहरुले बिदेशी निकायबाट इपासपोर्ट बनाउन सक्दैनन् । उनीहरुलाई एमआरपीनै वितरण हुन्छ । इपासपोर्ट लिनको लागि नेपालमै आएर राष्ट्रिय परिचयपत्र बनाई नवीकरण गर्नुपर्छ । हाल आफूसँग एमआरपी पासपोर्टको बहाल अवधि बाँकी नै छ भने इपासपोर्ट बनाउनु आवश्यक छैन । उनिहरुले समय रहुन्जेलसम्म एमआरपीकै प्रयोग गर्न पाउनेछन् ।

शुल्क कति लाग्छ ?

इपासपोर्ट बनाउन एमआरपी बनाए सरहकै शुल्क लाग्छ । यस अघिको झैं पासपोर्ट कति दिनमा बनाउने हो त्यस अनुसार पुरानै मूल्यमा ईपासपोर्ट बनाउन सकिन्छ । जस अनुसार तीन दिनमा राहदानी बनाउन १० हजार, दुई दिनमा बनाउन १२ हजार र एक दिनमा बनाउन १५,००० रुपैयाँ लाग्छ ।

पहिलो इ-पासपोर्ट जोशीलाई


सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीले पहिलो इ–पासपोर्ट दिएको छ । जोशीलाई एक समारोहबीच परराष्ट्रमन्त्री नारायण खड्काले इ-पासपोर्ट वितरण गरेका हुन् ।

नेपालमा सन् २०१० को डिसेम्बर २६ देखि हस्तलिखित पासपोर्टलाई हटाएर मेसिन रिडएबल पासपोर्ट (एमआरपी) लागू गरेको थियो । विश्वका विकसित मुलुकहरुले लागू गरिसकेको इ–पासपोर्ट प्रयोग गर्न थालेपछि नेपालले पनि नयाँ पासपोर्ट लागू गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’