८ असार २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

अब आवेदन दिएको दुई घण्टाभित्रै श्रम स्वीकृति

३ जेष्ठ २०८२, शुक्रबार १७:२५

काठमाडौँ । वैदेशिक रोजगार विभागले आवेदन दिएकै दिन श्रम स्वीकृति प्रदान गर्ने भएको छ। वैदेशिक रोजगार विभागको कार्यालय ताहचलमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै रितपूर्वक अनलाइन दरखास्त फारम प्राप्त पश्चात आवेदन दिएकै दिन श्रम स्वीकृति दिने व्यवस्था कार्यान्वयन गरिने जानकारी दिएको हो।

आवेदन दिएकै दिन श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था अबको तीन दिनभित्र कार्यान्वयनमा ल्याइने विभागका उपमहानिर्देशक एवं प्रवक्ता चन्द्रबहादुर शिवाकोटीले जानकारी दिए। उनकाअनुसार केहीदिन भित्रै आवेदन दिएको दुई घण्टाभित्रै श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था लागू गरिनेछ।

उनले रोजगार विभागले सेवाप्रवाहलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउने गरी विभाग अगाडि बढिरहेको जानकारी दिए। सार्वजनिक सेवा प्रवाहका नवीनतम प्रविधिको सदुपयोग गरी मूर्त रूप दिन थप सकरात्मक पहल गर्दै सूचना प्रविधिमा आधारित सेवा प्रवाहलाई थप प्रभावकारी र संस्थागत गर्दै लगिने प्रतिवद्धता समेत व्यक्त गरे। उनले सार्वजनिक सेवाको क्षेत्रमा देखिएका वैदेशिक रोजगारीसम्बन्धी ठगी, राहत, उद्दार, अनुगमन र नियमनमा थप प्रभावकारी कदम चाल्न वैदेशिक रोजगार विभाग क्रियाशिल रहेको समेत दाबी गरे।

साइबर सुरक्षा नीति र एआई नीति प्रणालीमा आन्तरिकीकरण गर्न तत्काल कार्यजोजना बनाइ लागू गरिने उपमहानिर्देशक शिवाकोटीले जानकारी दिए।

 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बजेट विनियोजनमा सांसदको असन्तुष्टि सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने भारतीय नागरिक पक्राउ नेसपाको पार्टी पुनर्गठन : सचिवालय र केन्द्रीय समिति पुनर्संरचना प्रदेश प्रमुख समक्ष मुस्लिम आयोगको प्रतिवेदन पेस प्रधानमन्त्रीसँग अभियानकर्मी बोहराको भेट टोखाबाट चोरी गरिएको मोटरसाइकलसहित एक युवक पक्राउ प्रधानमन्त्रीसँग अभियानकर्मी बोहराको भेट इरानमाथि अमेरिकी आक्रमण ‘गलत’ : आइक्यान फ्रान्समा बन्दुकधारीको आक्रमणमा बेहुलीसहित दुईजनाको मृत्यु जनमत पार्टीकी सांसद रायमाझीविरुद्ध पर्सा जिल्ला अदालतद्वारा पक्राउ पुर्जी जारी ‘कांग्रेसको महाधिवेशन २०८३ मङ्सिरभित्र हुनुपर्छ’ खैरो हिरोइनसहित दुई जना पक्राउ नेप्से परिसूचक ३२ दशमलव ९३ अङ्कले घट्यो टोकियोमा आज मतदान, सत्तारुढ दलको प्रमुख परीक्षा इरानमा अमेरिकी आक्रमण : आइएइएले बोर्ड अफ गभर्नरले बोलायो आपत्कालीन बैठक संसद् भवन क्यान्टिनको छतबाट खसे कामदार मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु ‘निर्वाचन प्रणाली बदल्नुपर्छ’ इरानमा प्रयोग गरिएको बङ्कर–बस्टर बम के हो ? भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग : माओवादी केन्द्र