सास । कुनै पनि एउटा मुलुकले अर्को मुलुकका नागरिकलाई कुनै निश्चित प्रयोजन एवम् अवधिका लागि आफ्नो मुलुकमा आउनका लागि प्रदान गरिने अनुमतिलाई भिसा भनिन्छ । यसलाई नेपालमा प्रवेशाज्ञा पनि भनिन्छ । भिसा निश्चित प्रयोजनका लागि दिईन्छ । यस्ता प्रयोजनमा घुमफिर गर्ने, काम गर्ने, अध्ययन गर्ने, व्यवसायिक आदि पर्दछन् ।

कस्तो भिसामा बैदेशिक रोजगारमा जाने ?

'Working' भिसामा मात्र वैदेशिक रोजगारमा जानुपर्दछ । यो बाहेक अन्य भिसामा वैदेशिक रोजगारमा जानु हुदैन । Working भिसा बाहेक अन्य भिसामा कसैले वैदेशिक रोजगारमा लाने प्रलोभन देखाएमा यसमा ठगीको नियत हुनसक्छ । त्यसैले यस विषयमा तुरुन्त नजिकैको स्थानिय प्रशासनमा खबर गर्नुपर्दछ ।

श्रम स्वीकृतिको अवधि सकिएपछि अनिवार्य नेपाल फर्कनुपर्छ वा बिदेशबाटनै अनलाइन मार्फत पुन: श्रम स्वीकृति लिनुपर्छ ।

श्रम स्वीकृति लिएर मात्र विदेश जानुपर्छ । वा श्रम स्वीकृति बिनाको वैदेशिक रोजगार असुरक्षित हुने हुनाले विदेश जानु पुर्बनै यस विषयमा ध्यान दिनुपर्छ ।

वैदेशिक रोजगार सुरक्षित बनाउन केहि कुरा ध्यान दिने गरौँ:

- सक्षम व्यक्तीनै वैदेशिक रोजगारमा सुरक्षित हुन सक्छ ।

- विदेश जाने बेलामा सबै कागजको एक/एक प्रति अनिवार्य रुपमा घरमा छाडौं ।

- सिप तथा भाषा सिकेर मात्र विदेश जाऔं ।

- कमाएको रकम सुरक्षित राखौं र बैंकमार्फत घर पठाउने गरौँ ।

- विदेशमा फजुल खर्च नगरौँ, कमाएको रकम बचाएर घर फर्की आफै उधमी बनौं ।

- सबै कुरा बुझेर मात्र विदेश जाऔं, अर्काको लहैलहैमा निर्णय नगरौ ।

- मान्यता प्राप्त कम्पनीको सहयोगमा मात्र वैदेशिक रोजगारमा जाऔं । दलालको फन्दामा नपरौ ।

- नेपालको विमान स्थलबाट मात्र वैदेशिक रोजगारमा जाऔं ।

बैदेशिक रोजगार: भिसा भनेको के हो ? कस्तो भिसामा बैदेशिक रोजगारमा जाने ?
Leave a Comment