Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

भारतमा एकैदिन कोभिड सङ्क्रमितको सङ्ख्या ६ हजार पार, १४ को मृत्यु

By साझासवाल

<p><b>चैत २४, काठमाडौँ | एजेन्सी |&nbsp;</b>भारतमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमितको सङ्ख्या ६ हजार ५० नाघेको छ । यो पछिल्लो २०३ दिनको रेकर्ड सङ्ख्या हो । केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रवार दिएको जानकारीमा&nbsp; देशमा सक्रिय सङ्क्रमितको सङ्ख्या २८,३०३ पुगेको छ ।<br></p><p>गत वर्ष सेप्टेम्बर १६ मा ६ हजार २ सय ९८ जनामा कोरोना सङ्क्रमण देखिएको थियो । पछिल्लो २४ घण्टामा भारतमा कोरोना सङ्क्रमणका कारण १४ जनाको मृत्यु भएको छ ।</p><p>समाचार एजेन्सी पीटीआईको रिपोर्ट अनुसार दैनिक पोजिटिभिटी दर ३.३९ र साप्ताहिक पोजिटिभिटी दर ३.०२ प्रतिशत रहेको छ । भारतमा हालसम्म ४.४७ करोड कोरोना सङ्क्रमित भेटिएका छन् ।</p>