2026-09-19 06:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

‘कोभिड–१९ सङ्क्रमित आमाबाट जन्मेका दुई बच्चाको मस्तिष्कमा क्षति’

एजेन्सी | आमाको गर्भनालमा कोभिड–१९ को भाइरस रहेका कारण क्षतिग्रस्त मस्तिष्कसहित दुईवटा शिशु जन्म भएको पत्ता लागेको छ ।

अमेरिकन सोधकर्ताको एउटा समूहको अध्ययन अनुसार कोभिड–१९ का भाइरसका कारण क्षतिग्रस्त मस्तिष्कसहित ती बच्चाहरू जन्मेको यो पहिलो घटना हो । 

पीडियाट्रिक्स जर्नलमा प्रकाशित मियामी विश्वविद्यालयको अध्ययन अनुसार २०२० मा कोभिड–१९ को डेल्टा भेरियंटको चरम अवस्थामा दुवै बच्चाको आमा गर्भवती भएका थिए, जसमा कोरोना पोजेटिभ देखिएको थियो । सोही समयमा दुवै बच्चाको जन्म भएको थियो । जसमध्ये एउटा १३ महिनाको उमेरमा मृत्यु भइसकेको छ भने अर्को बच्चालाई अस्पतालको रेखदेखमा उपचार गरी राखिएको छ ।

मियामी विश्वविद्यालयका बाल रोग विशेषज्ञ तथा उपप्राध्यापक डा.मर्लिन बेनीले भनिन, ‘दुवै बच्चामा कोरोना भाइरस पोजेटिभको कुनै लक्षण पाइएको थिएन, उनीहरूको रक्तकोष पनि कोभिड प्रतिरोधात्मक उच्च दरको नै थियो ।’

उनी अगाडी भन्छिन्, ‘यसबाट के पत्ता लाग्यो भने आमाको गर्भनालमा कोरोना भाइरस थियो, जो बच्चाहरूमा स्थानान्तरण हुन पुग्दा मस्तिष्कमा क्षति हुन पुग्यो ।’ 

रोयटर्सका अनुसार मियामी विश्वविद्यालयका शोधकर्ताहरूले दुवै आमाको गर्भनालमा भाइरस रहेको प्रमाण फेला पारेको थिए । डा बेनीले भनिन,  ‘मृत्यु भएका बच्चाको मस्तिष्कका आटोप्सीमा कोरोना भाइरसको निशाना देखियो, जसबाट के कुरा पत्ता लाग्यो भने सिधा आक्रामणवाट उसको मस्तिष्कमा चोट लाग्न पुग्यो ।’ 

सो अध्ययनका अनुसार दुवै आमा कोभिड भाइरसबाट सङ्क्रमित त्यो बेला भएका थिए, जुन बेला डेल्टा भाइरसले अधिक संक्रमण गरेको थियो । त्यो बेलामा एक आमामा हल्का लक्षण देखा परेको थियो भने दोस्रो आमा भने गम्भीर रूपमा बिमारी भएकी थिइन, जसको बच्चालाई डाक्टरको निगरानीमा ३२ हप्तामा नै जन्म दिनु परेको थियो ।

मियामी विश्वविद्यालयका अर्का प्रसूति एवम् स्त्री रोग विशेषज्ञ डा. शहनाज दुआराले यस्तो घटना निकै दुर्लभ भएको बताए । तर, सो अनुसन्धान पछि कोभिड सङ्क्रमित आमाको बच्चा क्षतिग्रस्त मस्तिष्कसहित जन्मेको पत्ता लागेपछि उनले सुझाव दिँदै भनेका छन् कि कोरोना सङ्क्रमित महिलाहरूले यदि बच्चा जन्माएका छन् भने बच्चाको वृद्धि विकासको विषयलाई लिएर एक पटक चिकित्सकहरूसँग राय सल्लाह लिनुहोस् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई