२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

पेट्रोल सुँघ्न मन पर्छ भने सावधान, पेट्रोलको गन्धले स्नायु प्रणालीलाई हानी पुर्‍याउँछ

२०८०, ६ बैशाख बुधबार १२:१७

वैशाख ६, काठमाडौँ | सन् २०२१ मा भारतस्थित झारखण्डको देवघर जिल्लामा एक युवकको शव उनको मोटरसाइकलमा भेटियो । युवकको शरीरमा कतै चोटको निशान थिएन, न त बिरामी देखिन्थे । आदित्य नाम गरेका युवकको शव बाइकमा बसिरहेको अवस्थामा भेटिएको थियो र उनको नाक मोटरसाइकलको ट्याङ्कीमा थियो । ट्याङ्कीको ढक्कन खुला थियो । चाबी हातमा थियो । युवकको मृत्यु कसरी भयो सुरुमा कसैले बुझ्न सकेनन् ।

प्रहरीले परिवारका सदस्यलाई बोलाएर अनुसन्धान गर्दा युवक लागु औषधको लतमा रहेको र नशाका लागि पेट्रोल सुँघ्ने गरेको थाहा भयो । घटनाका बेला पनि उनी पेट्रोलको  गन्ध सुँघिरहेका थिए । तर पेट्रोलको ग्यासमा भएको विषाक्त तत्त्वले उनलाई यस्तो असर गर्‍यो  कि उनको शरीरमा अक्सिजनको आपूर्ति बन्द भयो र उनको त्यही अवस्थामा मृत्यु भयो ।

तपाईंले सोचिरहनुभएको होला कि पेट्रोल सुँघ्नु कस्तो नशा हो र यो यति खतरनाक किन हुन्छ ? स्मरण रहोस्, यो एक प्रकारको लत हो । यसलाई अङ्ग्रेजीमा ‘पेट्रोल स्निफिङ’ भनिन्छ । थुप्रै अफ्रिकी देशमा यो लतले विकराल रूप लिइसकेको छ । मानिसहरूलाई लाग्छ कि यस्तो गर्नु साधारण हो । तर यसो गरेर मानिसहरू जानी नजानी एक खतरनाक लतको सिकार भइरहेका छन् ।

पेट्रोलको गन्धले सास रोक्न सक्छ । पेट्रोलले सिधै स्नायु प्रणालीलाई असर गर्छ जसका कारण दिमागसम्म अक्सिजनको आपूर्ति रोकिने गर्छ र मानिसको तुरुन्तै मृत्यु पनि हुनसक्छ ।

यस्तोमा मानिस पेट्रोल र अन्य अचम्मका चिज किन सुँघ्छन् र यसबाट कसरी जोगिने भन्ने बारे जानकारी लिऔँ । 

पेट्रोलको गन्धले स्नायु प्रणालीलाई हानी पुर्‍याउँछ, दिमागले सास फेर्न बिर्सन्छ

पेट्रोलको नजिक गएर सास फेरेमा पेट्रोलमा रहेको कार्बन मोनो अक्साइड फोक्सोमा प्रवेश गर्ने बित्तिकै असर सुरु गर्छ र स्नायु प्रणालीलाई कमजोर बनाउँछ । यदि यो ग्यास शरीरमा अत्यधिक मात्रामा प्रवेश गर्‍यो भने यसले सम्पूर्ण स्नायु प्रणालीलाई विफल बनाउन सक्छ । जसका कारण मानिसले सास फेर्न पनि बिर्सन्छ र शरीरमा अक्सिजनको कमी हुने गर्छ । यसैका कारण मृत्युसमेत हुने गर्छ । 

यस बाहेक पेट्रोल सुँघ्दा रिँगटा लाग्ने, डिप्रेसन, भोक नलाग्ने, दिसामा रगत आउने, चिडचिडेपन, अन्धोपन, बेहोस हुने, पेट दुख्ने जस्ता समस्या पनि हुन सक्छन् ।

एक पटक सुँघ्नु पनि खतरनाक

पेट्रोल सुँघ्नु एक प्रकारको रोग हो । बिरामीलाई बिस्तारै यसको लत लाग्छ । यदि कसैलाई पेट्रोलको गन्ध मिठो लाग्छ भने यसको अर्थ उनी कुनै न कुने स्तरमा पेट्रोल स्निफिङद्वारा ग्रस्त छन् । यस्तोमा उनीहरू पेट्रोलको लतमा पर्ने आशङ्का अत्यधिक हुन्छ । पेट्रोलमा भएको बेन्जिनको गन्ध मिठो हुन्छ जुन धेरै मानिसलाई मन पर्छ । तर थुप्रै अनुसन्धानले प्रमाणित गरिसकेको छ कि बेन्जिन फोक्सोमा गएपछि क्यान्सरको कारण बन्न सक्छ र मानिसलाई यसको लत लाग्न सक्छ ।

पैसाको बन्डल र गाडीको धुवाँको गन्ध पनि मानिसलाई मन पर्छ

पेट्रोलबाहेक अन्य यस्ता अचम्मका चिजहरू छन् जसको गन्ध मानिसलाई मन पर्छ । धेरै मानिसहरूलाई पुरानो नोटको बन्डलबाट आउने गन्ध त कतिलाई गाडीबाट निस्कने धुवाँका गन्ध पनि मन पर्छ ।

फिजिसियन डा. प्रशान्त कुमारका अनुसार कसैले यस्तो गर्नुको पछाडि शारीरिक र मनोवैज्ञानिक दुवै कारण हुनसक्छ । कति पटक पेट्रोल, धुवाँ वा कुनै पनि पुरानो चिजबाट निस्कने गन्धमा भएको ग्यासले मानिसको स्नायु प्रणालीलाई स्लो गरिदिन्छ । जसका कारण उनीहरूको दिमागले आनन्द महसुस गर्छ जबकि शरीरमा यसको खतरनाक असर हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ