२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

आयातित औलो निवारणको चुनौती

२०८०, १२ बैशाख मंगलवार १२:०९

वैशाख १२, काठमाडौँ । उच्च पहाडी तथा हिमाली जिल्लाहरुमा औलोको बिरामी देखिन थालेपछि यसको निवारणमा चुनौती थपिएको छ । 

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा स्थानीय औलाका बिरामी भेटिने क्रम रोकिएको छैन । यी प्रदेशका विभिन्न १४ वडा औलोको उच्च जोखिममा रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको अध्ययनले देखाएको छ । 

उक्त प्रदेशका उच्च पहाडी र हिमाली जिल्लामा सङ्क्रमण देखिनु औलो निवारणका मुख्य चुनौती भएको एनटिडी तथा कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा गोकर्ण दाहाल बताउनुहुन्छ । 

“उच्च पहाडी तथा हिमाली जिल्लामा औलोको बिरामी भेटिन्छन तर त्यहाँ खोज पड्ताल तथा विषादी प्रयोगमा कठिनाई छ”, उहाँ भन्नुहुन्छ । नेपालको औलो रणनीतिक योजना (सन् २०१४–२५) अनुसार सन् २०२२ मै स्थानीय औलोलाई शून्यमा झार्ने  लक्ष्य थियो । स्थानीयस्तरमा औलो सङ्क्रमितको सङ्ख्या घट्दो छ तर अहिलेसम्म स्थानीय औलो शून्यमा झार्न चुनौती देखिएको हो ।

स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७४÷७५ मा ११ सय ८७ बिरामीमध्ये पाँच सय ५७ जना स्थानीय औलोका बिरामी थिए । यो सङ्ख्या आव २०७८÷७९ सम्म आइपुग्दा ३८ जनामा झरेको छ । 

यस आव २०७९÷८० को वैशाख ५ गतेसम्म तीन सय ७३ औलोका बिरामीमध्ये २४ स्थानीय बिरामी रहेका छन् । यो सङ्ख्या गर्मीयाम र वर्षायामसँगै बढ्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा शेरबहादुर पुन बताउनुहुन्छ । 

औलोबारे स्वास्थ्यकर्मीको चासो कम हुनुसमेत चुनौती भएको डा दाहालको भनाइ छ, “पछिल्लो समय औलो सकिएको भन्ने बुझाइ छ । स्वास्थ्यकर्मीमा औलो प्राथमिकतामा पर्दैन, उहाँहरुले औलोको लक्षणप्रति हेलचेक््रयाइँ गरेको पाइन्छ ।” 

उहाँका अनुसार स्वास्थ्यकर्मीमा औलो प्राथमिकतामा नपर्दा शङ्कास्पद औलोको परीक्षण कम हुने गरेको छ । यस्तै औलो रोग स्थानीय तहमा प्राथमिकतामा नपर्नु र आवश्यक स्रोतको अभाव चुनौतीका रुपमा खडा भएका छन् ।   

यस्तै, औलो रोग निवारणमा आयातित औलो अर्को ठूलो चुनौती बनेको छ । सरकारले सन् २०२५ सम्म  औलो निवारण गर्ने र मृत्यु शून्यमा झार्ने परिकल्पनामा आयातित औलो चुनौती बनेको हो । आयातित औलो सातै प्रदेशमा देखिएको छ । महाशाखाको तथ्याङ्कअनुसार आयातित औलोका बिरामीको सङ्ख्या आर्थिक वर्ष २०७४÷७५ को कूल ११ सय ८७ बिरामीमध्ये आयातित छ सय ३०, आव २०७५÷७६ मा एक हजार ६५ मध्ये छ सय २५,  आव  २०७६÷७७ मा कूल छ सय १९ मध्ये पाँच सय १७ र आव २०७७÷७८ मा चार सय ९१ मध्ये तीन सय ११ जना रहेका छन् । 

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले औलो निवारणको लक्ष्य हासिल गर्न विभाग पूर्ण तयार रहेको बताउनुहुन्छ ।

इपिडिमियोलोजीको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७९÷८० वैशाख ५ गतेसम्म तीन सय ७३ जना औलोका बिरामी भेटिएका छन् । जसमा २४ स्थानीय तथा तीन सय ४९ आयातित हुन् । आयातित औलोको सङ्ख्या उल्लेखयरुपमा खट्न नसक्नु अर्को चुनौती बनेको छ ।  डा दाहालले भारतसँगको खुल्ला सिमानाका कारण आयातित औलोको जोखिम यथावत छ । भारतको महाराष्ट्र, गुजरात, उत्तर प्रदेश र पश्चिम बङ्गालबाट धेरै औलो नेपाल भित्रिने गरेको छ । 

डा दाहालले आयातित औलो निवारणका लागि सीमा नाका तथा समुदायमा शङ्कास्पद बिरामीको रक्त परीक्षण तथा सोबारे सचेतना बढाउनुपर्ने बताउनुभयो । औलो रोग सङ्क्रमित एनोफिलिज जातको पोथी लामखुट्टेको टोकाइबाट सर्दछ । नेपालमा औलोका दुई परजीवि, प्लाज्मोडियम फाल्सिपारम र प्लाज्मोडियम भाइभेक्स परजीवी धेरै देखिएको छ । यीमध्ये प्लाज्मोडियम फाल्सिपारमबाट हुने औलो बढी घातक हुने गरेको छ ।  

सरकारी स्वास्थ्य संस्थामा औलोको निःशुल्क परीक्षण तथा उपचारको व्यवस्था छ । सरकारले हरेक वर्ष शूक्ष्म स्तरीकरणमार्फत जोखिम क्षेत्र निर्धारण, औषधिको प्रभाव, झुलको उपलब्धता तथा प्रयोग, औलोको बाहक लामखुट्टेको तथा रोग परिरहेका स्थानको अध्ययन गर्दै आएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ