2026-09-19 05:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

११ लाखभन्दा बढी बालबालिकालाई पोषण भत्ता उपलब्ध हुने

वैशाख १४, काठमाडौँ | नेपालमा पाँच वर्ष मुनिका ७५ प्रतिशत बालबालिकाको जन्म दर्ता भएको पाइएको छ । साथै ११ लाख भन्दा बढी बालबालिकालाई बालपोषण भत्ता उपलब्ध हुने गरेको समेत बताइएको छ । राजधानीमा सामाजिक सुरक्षा नागरिक समाज सञ्जालले आयोजना गरेको कार्यक्रममा सरोकारवालाहरुले बालपोषणको अवस्थामा केही सुधार आएको समेत बताएका छन् ।  

कार्यक्रममा बालअधिकारकर्मी वसन्तराज गौतमले सन २००१ मा १००० जन्ममा मृत्यु दर ९१ रहेकोमा २०२२ सम्म आउँदा प्रति हजार ३३ मा झरेको बताए । नेपालको जनसांख्यिक स्वास्थ सर्वेक्षण २०२२ ले समेत सोही कुरा उल्लेख गरेको उनले बताए । कार्यक्रममा युरोपियन युनियन, युनिसेफ, सेभ द चिल्डे«न, लगाएतका विकासका साझेदार संस्थाहरुले नागरिक सघंसस्था सञ्जाल र सरकारसँगको सहकार्यमा बालपोषण भत्ताको रकम र जिल्ला बढाउन नियमित पैरवी गर्दै आइरहेको बताए । 

कार्यक्रममा सञ्जालका अध्यक्ष तिलोत्तम पौडेलले नेपाल सरकारले अन्तराष्ट्रिय रुपमा गरको प्रतिबद्धता हासिल गर्न, सन् २०२५ सम्ममा शून्य बालकुपोषणको राष्ट्रिय लक्ष्य हासिल गर्न र ५ वर्ष भन्दा मुनिका बालबालिकाको  जन्म दर्ता गरी बालअधिकारको सुनिश्चित गर्न बाल पोषणमा लगानी वृद्धि गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा सहभागी बालअधिकारकर्मी डा.कृष्ण सुवेदीले दिगो विकासका १७ लक्ष्यमध्ये १२ वटा लक्ष्यहरु पोषणसँग सम्बन्धित रहेकोले त्यसका लागि अधिकतम लगानी गर्नुपर्ने कुरामा जोड दिए ।

कार्यक्रममा दशवटा भन्दा बढी बालबालिकाको क्षेत्रमा कृयाशील सञ्जालहरु, पाचँवटा विकासका साझेदार संस्थाहरु सहित २६ संघसंस्थाका प्रतिनिधिहरु सहभागिता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई