Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

रामेछापबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>वैशाख २४,&nbsp;काभ्रेपलाञ्चोक&nbsp;| </b>रामेछापबाट काठमाडौँतर्फ आउँदै गरेको एक यात्रुबाहक बस काभ्रेपलाञ्चोकको चौरीदेउरालीमा दुर्घटनामा परेको छ । दुर्घटनामा १२ जना घाइते भएकोमा दुई जनालाई थप उपचारका लागि धुलिखेल लगिएको प्रहरीले जानकारी दिएको छ । अन्यको अवस्था सामान्य रहेको छ ।</p><p><img src="https://sajhasabal.com/wp-content/uploads/2024/10/a39594df6878242cc662847b6c51c6bd1683450301.jpg" style="width: 733px;"><br></p><p>प्रहरीका अनुसार रामेछापको गुराँसेबाट छुटेको बा२ख ८४१८ नम्बरको सो बस चौरीदेउराली–४ सुगुरेखोला नजिकैको मोडमा दुर्घटना भएको थियो । जिल्ला प्रहरी कार्यालयका एसपी भागेन्द्र पुरुष ढकालका अनुसार बसका चालकले गाडीको ब्रेक फेल भएका कारण नालामा लगेर ठोक्काएको प्रारम्भिक बयान दिएका छन् ।&nbsp;</p>