Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

अनलाइन श्रमस्वीकृति गरिदिने भन्दै बिदेशमा रहेका नेपालीहरुलाई नेपालबाट ठगि

By साझासवाल 8 मिनेट पढाइ

पढ्न करिब 4 मिनेट लाग्छ
प्रकाशित:

वैशाख २५, काठमाडौँ । सरकारले स्थानीय निकायबाटै वैदेशिक रोजगारमा गएका नेपालीहरुलाई श्रम-स्वीकृति लिन सहयोग गर्ने घोषणा गरेपनि युवाहरु भने अनलाइन श्रम स्वीकृतिका नाममा ठगिईरहेका छन् । वैदेशिक रोजगारको श्रम गर्न अहिले अनलाइनबाटै मिल्छ । तर धेरैलाई श्रम गर्दा लाग्ने वास्तविक खर्च कति हो भन्ने जानकारी नहुँदा ठगि भईरहेको छ ।

यता वैदेशिक रोजगारका क्रममा हाल कतारमा कार्यरत एक नेपाली श्रम स्वीकृतिको लागि अरुको भरमा पर्दा ठगिएका छन् । 'नेपाल डकुमेन्ट' भन्ने फेसबुक आइडी संचालन गरेर अनलाइन श्रम-स्वीकृति दिलाईदिने प्रलोभनमा पर्दा आफू ठगिएको ति युवाले बताए । ठगि गर्नेले ९७६५७११४१० नम्बरको इसेवा आइडी प्रयोग गरेर ठगि गरेको पाइएको छ । जसमा पैसा लिने इसेवा प्रयोगकर्ताको नाम सरिता बुढाथोकी उल्लेख छ । कतारमा रहेर ठगिएका ति नेपालीका अनुसार अनलाइन श्रम स्वीकृति गरिदिन भनि ८००० पठाएको तर पैसा लिएपछि अनलाइन श्रम स्वीकृति गरिदिने भन्दै पैसा लिएका व्यक्ति सम्पर्क बिहिन भएको बताउँछन् । उनले आफूले झैँ अरु यस्तो ठगीमा नपरुन् भन्नको लागि यो विषय सार्वजनिक गर्न उचित ठानेको बताउँछन् । उनले आफू विदेशमा रहेर नेपालमा अनलाइन श्रम स्वीकृति गराईदिञ्छु भन्नेको प्रलोभनमा ठगिएको बताए ।

ठगिएका ति नेपालीले वास्तवमा अनलाइन श्रम स्वीकृतिको लागि तिर्नु पर्ने रकम २.५ बर्षको म्यादी जीवन विमाको रु ३७०८ र कल्याणकारी कोषको रु १५०० हो । उनको श्रम गर्दा लाग्ने कुल खर्च ५२०८ हुन आउँछ । तर श्रम गर्छु भन्नेले आठ हजार अशुली गरेको पाइएको छ । त्यसो त आठ हजार बुझाएर पनि उनको श्रमस्वीकृति नहुँदा उनि ठगिएका छन् ।

अनलाइन श्रम स्वीकृति गर्दा कति तिर्नुपर्छ, धेरैलाई थाहा छैन

श्रम स्वीकृति अनलाइनबाट गर्न सकिन्छ र आफैले गर्न सकिन्छ भन्ने जानकारी धेरैलाई भएपनि कसरी गर्ने भन्ने धेरैलाई जानकारी छैन । २/३ बर्षमा एक पटक गर्नुपर्ने कुरा भएको कारण कसरी गर्न सकिन्छ भन्ने जान्ने चाहना धेरैलाई छैन । त्यसो त आफैले गर्दा झन्झटिलो हुन्छ भन्ने बुझेर धेरैले अन्लैन श्रम स्वीकृति गर्दा अरुकै भर पर्ने गरेका छन् । त्यसरी भरपर्दा कसैले पैसा लिएर काम नगर्ने त गरेपनि मनोमानी ढंगले रकम लिने गरेको गुनाशो आइरहेको छ ।

वैदेशिक रोजगार कार्यालयले अनलाइन श्रम स्वीकृतिको लागि कसैले सहयोग गर्दा बढीमा तीन सय भन्दा बढी सेवाशुल्क लिन नपाउने तोकेको छ । आफैले गरे सेवाशुल्क लाग्दैन ।

अनलाइन श्रम स्वीकृति लिंदा म्यादी जीवन विमा र कल्याणकारी कोषलाई रकम तिर्नुपर्छ । त्यसरी तिर्नपर्ने रकम उमेर अनुसार र विमा गरेको अवधिको आधारमा फरक पर्छ । साथै बिमा संगै वैदेशिक रोजगारमा जान कल्याणकारी कोषमा रु एक हजार ५०० तिर्नुपर्ने नियम छ ।

सामान्यतया वैदेशिक रोजगारमा जानेहरुले नियमानुसार २.५ बर्षको प्रिमियममा विमा गर्नु पर्ने नियम छ । त्यसरी बिमा गर्दा १८ देखि ३५ बर्षसम्मकाले ३७०८ रुपयाँ, त्यस्तै ३६ बर्षदेखि ५० बर्षसम्म उमेर भएकाहरुले ४९३१ रुपयाँ र ५१ बर्ष भन्दा बढी उमेर भएकाहरुले ९४६३ रुपयाँ तिर्नुपर्ने हुन्छ । तर हाल सरकारले दुई बर्ष भन्दा बढी समयको लागि समेत श्रमस्वीकृति दिने भएको कारण त्यसै अनुसार श्रम अवधिको अनुसार शुल्क तिर्नुपर्ने हुन्छ जसको मूल्य सुची तल उल्लेख गरे बमोजिम लाग्छ ।

यसका अलावा अनलाइनबाटै श्रम स्वीकृति गर्दा आवश्यक पर्ने अर्को शुल्क कल्याणकारी कोषको रहेको छ । वैदेशिक रोजगारमा रहेकाहरुले कल्याणकारी कोषमा थप रु १५०० बुझाउनुपर्ने नियम छ । यदि २ बर्ष भन्दा बढी समयको श्रम स्वीकृति लिएको हो भने १५०० मा थप १००० रुपयाँ लाग्ने नियम छ ।

वैदेशिक रोजगारमा जान चाहने तथा गएका सबै नेपाली युवाहरुलाई अनलाइनबाटै श्रम स्वीकृति लिन नआउने अवस्थामा साइबर तथा कुनै एजेन्ट कार्यालयले सहयोग गरिदिन सक्ने समेत नियममा छ । यसरी सहयोग गर्दा सहयोग गरिदिनेले रु ३०० भन्दा बढी लिन पाइदैन । त्यसरी लिएको प्रमाण सहित उजुरी दिए लिनेलाई कारवाही हुने वैदेशिक रोजगार कार्यालय ताहाचलले जनाएको छ ।