2026-09-19 05:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

तुल्सीपुरमा ‘सीमान्त गुरु’ लाई भेट्न सर्वसाधारणको घुइँचो, प्रशासनले लगायो रोक

जेठ ७, काठमाडौँ | काठमाडौंको ‘क्लिनिक’ बन्द गरेर दाङ पुगेका ‘सीमान्त गुरु’ उर्फ भरत भट्टराईलाई सर्वसाधारणसँग भेट्न रोक लगाइएको छ । दाङको तुल्सीपुरमा आज आयोजना गरिएको कार्यक्रम अत्यधिक भिडका कारण प्रशासनले रोकेको हो ।

हेरेर वा छोएरै बिरामीहरू निको पार्ने दाबी गर्दै आएका केसीले तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित त्रिशेद्धेश्वरी मन्दिरमा ‘सर्वसाधारणलाई भेट्ने’ कार्यक्रम राखेका थिए ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जिल्ला प्रशासनबाट आदेश भएअनुसार कार्यक्रम रोकिएको जानकारी दिए ।

दाङका प्रमुख जिल्ला अधिकारी सुशिल वैद्यले उपचार गराउने बहानामा मन्दिर जस्तो पवित्र सार्वजनिक स्थलमा भिडभाडयुक्त कार्यक्रम गरिएकाले रोक्नु परेको बताए ।

केसीको काठमाडौंको तारकेश्वर नगरपालिका –७ स्थित ‘ज्योतिष केन्द्र’ पनि थाम्न नसक्ने भिडका कारण अस्तिबाट प्रहरीले बन्द गराएको थियो । त्यसपछि उनी दाङ आएर एक घर भाडामा लिएर बस्दै आएका छन् ।

अलौकिक मनोवैज्ञानिक क्षमताको ज्योतिष भएको दाबी गर्ने केसी आएको खबर फैलिए लगत्तै मानिसहरू बिहानै मन्दिर परिसरमा लाइनमा बसेका थिए । जिल्ला बाहिरका केही मानिसहरूले आफूहरू शनिवार नै तुलसीपुरका होटेलहरूमा आएर बसेको बताए ।

सोही स्थानमा भेटिएका एक जना पुरुषले भने यो सबै ढोङ मात्रै भएको तथा उपचारको बहाना ठगी धन्दा चलाइएको हुँदा ज्योतिष केसीमाथि कारबाही हुनुपर्ने माग गरेका थिए । तर, त्यहाँ लाइनमा बसेका अधिकांशले भने ज्योतिष केसीलाई भगवानको संज्ञा दिँदै उपचार गराउन पाउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई