२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

अन्तत: रामजी रामले मुख्य परीक्षा पनि पास गरे

२०८०, २० जेष्ठ शनिबार ०३:१०

जेठ २०, काठमाडौँ । रौतहटको गढीमाई नगरपालिका–९ घर भएका रामजी रामले अन्तत: एनएमसीबाट परीक्षा उत्रिण गरि लाइसेन्स पाएका छन् । निकै संघर्षले एमबीबीएस पास गरेका उनले एनएमसीको परीक्षा समेत पास गरेसंगै आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । 

एउटा दलित त्यसमा पनि गरिव व्यक्तिले कसरी एमबीबीएस पास गरेर एनएमसीको समेत परीक्षा पास गर्न सफल भयो भन्ने पात्र उनि हुन् । एमबीबीएस चौथो वर्षमा पुग्दा कलेजले अतिरिक्त शुल्क मागेर उनलाई हैरान पारेको उनको अनुभव छ । उनि परीक्षा दिने क्रमम शुल्क बुझाउन नसकेर परीक्षा हलबाट निकालिएका बिद्यार्थी हुन् । 

सरकारले २०७२ सालमा वादी, डोम, मुसहर र चमार गरी चार वटा जातिलाई नि:शुल्क पढाउने कार्यविधि बनाएको थियो । उनलाई नेसनल मेडिकल कलेजले परीक्षाको समयमा अवैध शुल्क मागेर फारम भर्न दिएको थिएन । जुन कुरा मिडियामा छाएका थिए । उनीहरुले परीक्षा दिन नपाएको विषय सञ्चारमाध्यममार्फत बाहिर आएपछि परीक्षामा सहभागी गराउनुपर्ने भन्दै चौतर्फी विरोध भएको थियो । त्यसपछि उनले परीक्षामा सामेल हुन पाएका थिए । 


चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदलको प्रतिवेदन २०७२ मा छात्रवृत्ति पाएका विद्यार्थीसँग परीक्षा, काउन्सिल, भर्ना, पुस्तकालय, प्रयोगशाला आदिमा खर्च लिन नपाइने उल्लेख छ । जसलाई तात्कालीन मन्त्रिपरिषदको सामाजिक विकास समितिको ०७२ भदौ ३१ गते बसेको बैठकले स्वीकार गरेको थियो ।

रामजीरामले सरकारी छात्रवृत्ति पाएका थिए । त्यसै छात्रवृत्तिको कारण रामजीरामलाई कुनै शुल्क लिन नपाउने भनि बिषय चर्चामा आयो । किनकी फि नतिरेको भन्दै एमबीबिएसको परीक्षा दिनबाटनै उनलाई बन्चित गरिएको थियो । चिकित्सा शिक्षा आयोगले ०७७ पुस २६ गते नेशनल मेडिकल कलेजलाई पत्राचार गर्दै रामजी रामको शुल्क विश्वविद्यालय अनुदान आयोगले तिरिसकेको भन्दै परीक्षामा सामेल गराउन भनेको थियो । 

कलेजले कानुन विपरीत अतिरिक्त शुल्क मागेपछि रामजी लगायत छात्रवृत्तिमा अध्ययनरत अन्य विद्यार्थीले सामाजिक सञ्जाल र विभिन्न सञ्चार माध्यम मार्फत आवाज उठाएका थिए । त्यसै आवाजको प्रतिफल गत बर्ष उनले एमबीबीएस उत्तीर्ण गरे । 

उनले गत बर्ष भनेका थिए – ‘कागजी परीक्षा सकियो, चिकित्सक जीवनको मुख्य परीक्षा अब शुरु हुन्छ । पढेर मात्रै हैन अब परेर जान्नुपर्छ ।’  

अन्तत: उनले मुख्य परीक्षा पनि पास गरेका छन् । उनको डाक्टर बन्ने सपना सफल भएको छ । एउटा गरिव दलितले सरकारबाट छात्रवृत्ति पाएर पनि कलेजलाई पैसा नतिरेको भन्दै परीक्षाबाटै बन्चित गराइएको र त्यस समस्याबाट उठ्दै हिम्मत नहारी अगाडी बढ्दा उनि अन्तत: सफल भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा