२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

‘केही वर्षभित्र नेपाललाई सफा देशको सूचीमा पु-याउने उद्देश्य छ’

२०८०, २० जेष्ठ शनिबार १२:२१

जेठ २०, काठमाडौँ | सरसफाइ अभियन्ता एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का जनस्वास्थ्य तथा सरसफाइ विज्ञ खेम शर्माले केही वर्षभित्र नेपाललाई सफा देशको सूचीमा पु-याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

विश्व वातावरण दिवसको पूर्वसन्ध्यामा फोहरमैला व्यवस्थापन सङ्घ नेपालद्वारा यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै विज्ञ शर्माले केही वर्षभित्र नेपाललाई सफा देशको सूचीमा पु-याउने उद्देश्यका साथ देशविदेशमा बस्ने सम्पूर्ण नेपालीलाई समावेश गरी तीनै तहका सरकारको सहभागितामा ‘स्वच्छ नेपाल स्वस्थ नेपाली’ नाराका साथ राष्ट्रिय सरसफाइ अभियान यसै वर्षदेखि सुरु गर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, “अहिलेसम्म विभिन्न मन्त्रालय, विभाग एवम् कार्यालयहरूले निर्माण गरेका जनस्वास्थ्य र सरसफाइसम्बन्धी नीति, नियम एवम् निर्देशिका आगामी साउन १ गतेदेखि थप प्रभावकारी रूपमा अगाडि बढाउन प्रधानमन्त्रीबाट निर्देशन भइसकेको छ ।” 

विज्ञ शर्माले विश्व मजदुर दिवसको दिन केही महत्वपूर्ण निर्णयहरूसमेत भएको जानकारी गराउनुभयो । यसै वर्षदेखि लागू हुने गरी राष्ट्रका उच्च तहबाट वार्षिक रूपमा प्रदान गरिने विभिन्न सम्मान तथा पुरस्कारमा कम्तीमा दुई प्रतिशत मजदुरलाई समावेश गर्ने नीति सरकारले लिएको उहाँको भनाइ छ । 

विज्ञ शर्माले सम्पूर्ण मजदुरको काम, कर्तव्य र अधिकार स्पष्ट पार्दै सेवा, सर्त र सुविधा निश्चित तथा वैधानिक गर्न अनुगमनकारी निकायलाई सक्रिय गराउने प्रतिबद्धता व्यक्त गर्दै सरसफाइमा खटिने सम्पूर्ण मजदुरलाई दक्ष बनाउने उद्देश्यका साथ सरकारी निकाय र संस्थाले अनिवार्यरूपमा आफ्ना मजदुरलाई पेसागत तालिम, आधुनिक सामग्री र सुरक्षासहितको उचित पोसाकको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । 

आगामी आर्थिक वर्ष २०८०÷८१ देखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सम्पूर्ण औद्योगिक प्रतिष्ठान, उद्योग र कार्यालयमा अनिवार्य रूपमा लागू गर्न पहल गरिने उहाँले बताउनुभयो । विज्ञ शर्माले समग्र सरसफाइकर्मीले भोग्दै आएका समस्या समाधानका लागि सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

प्रत्येक नागरिक स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने संवैधानिक हक सरसफाइकर्मीको सहयोगबिना असम्भव भएको उल्लेख गर्दै उहाँले सरकारले सरसफाइलाई बजेटमा समेत प्राथमिकता दिएको बताउनुभयो । ७९ कम्पनीको छाता सङ्गठन फोहरमैला व्यवस्थापन सङ्घ नेपालले हाल तीन हजारभन्दा बढी सरसफाइकर्मीलाई प्रत्यक्षरूपमा रोजगारी प्रदान गर्दै आएको छ । सङ्घले काठमाडौँ महानगरको ७९ र काठमाडौँ उपत्यकाको ९० प्रतिशत फोहरमैला व्यवस्थापन गर्दै आएको छ । 

चार सय ५० भन्दा बढी ढुवानीका साधनको प्रयोग गर्दै करिब चार सय किलोमिटर सडकको सफाइ, करिब चार लाख घर÷निकाय, प्रतिष्ठानलगायतलाई सेवा पु¥याउँदै आएको छ । विश्व वातावरण दिवसको पूर्वसन्ध्यामा आज प्रभातफेरीको आयोजना गरिएको थियो । संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको आह्वानमा सन् १९७४ देखि हरेक वर्ष जुन ५ तारिखको दिनलाई विश्व वातावरण दिवसका रूपमा मनाइँदै आएको छ । सन् १९७२ मा स्विडेनको राजधानी स्टकहोममा मानव वातावरणसम्बन्धी संयुक्त राष्ट्र सम्मेलनको पहिलो दिनमा उक्त सभाले तय गरेको यो दिवसलाई सन् १९७४ देखि ‘मात्र एक पृथ्वी’ वा ‘वन्ली वन अर्थ’ नाराका साथ विश्वव्यापी उत्सव बनाइएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु