2026-09-19 05:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

रहेनन् वडाध्यक्ष लामा

जेठ ३१, नुवाकोट | नुवाकोटको ककनी गाउँपालिका–२ को वडाध्यक्ष तिलकबहादुर लामाको निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएसँगै उपचारका लागि काठमाडौँतर्फ लैजाँदै गर्दा ४४ वर्षीय लामाको आज बिहान निधन भएको हो । 

उहाँको दुवै मिर्गौलाले काम गर्न छाडेकाले पछिल्लो एक वर्षदेखि ‘डायलासिस’ गराउँदै आइरहनुभएको थियो । गत वर्ष सम्पन्न स्थानीय तहको निर्वाचनमा उहाँ नेपाली कांग्रेसका तर्फबाट ककनी गाउँपालिका–२ को वडाध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो । लामो समयदेखि राजनीति र समाजसेवामा सक्रिय रहेका लामा नेपाली कांग्रेस नुवाकोटको क्षेत्र नं १ को प्रदेश ‘ख’को सदस्य हुनुहुन्थ्यो ।

उहाँको निधनमा आज ककनी गाउँपालिकाले गाउँपालिका कार्यालयसहित मातहतमा रहेका शाखा, सेवा केन्द्र, वडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्थामा शोक बिदा दिने कार्यपालिका आकस्मिक बैठकले निर्णय गरेको गाउँपालिका अध्यक्ष सुमन तामाङले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई