२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य

वीर अस्पतालका ७०० जनरल बेड आम सर्वसाधारणका लागि निःशुल्क

२०८०, ८ असार शुक्रबार १२:४५

असार ८, काठमाडौँ | वीर अस्पतालका ७०० जनरल बेड शुक्रबारदेखि निःशुल्क गरिएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को कार्यकारी परिषदले वीरका ७०० वेड सर्वसाधारणका लागि निःशुल्क गर्ने निर्णय गरेको हो ।  स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पताल गरिबका लागि भन्दै उक्त निर्णय गरिएको बताए । यसअघि प्रतिबेड २०० रुपैयाँ शुल्क लिने गरिएको थियो । अबदेखि कोही पनि विरामीले बेडका लागि पैसा तिर्नुनपर्ने मन्त्री बस्नेतले बताए । 

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणको नतिजा सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले भने, ‘मैले हिजो राति नै न्याम्सको बैठक बोलाएर ७०० बेड निःशुल्क गर्न निर्देशन दिएको छु । आजैदेखि लागू हुनेगरी निर्णय भइसकेको छ ।’ बेड निःशुल्क गर्दा वीर अस्पताललाई वार्षिक ५ करोड भन्दा बढी रकम व्यवस्थापन गर्नुपर्ने देखिएको उक्त रकम सरकार र आन्तरिक स्रोतबाट व्यवस्थापन गरिने मन्त्री बस्नेतले बताए ।  

अस्पतालको क्याबिन र आईसीयूमा भने शुल्क लाग्नेछ । सरकारले बिहिबार उपकुलपतिमा डा.भुपेन्द्र बस्नेत, रेक्टारमा डा.लोचन कार्की, रजिष्ट्रारमा डा.ज्ञानेन्द्र शाह र डिनमा डा.अशेष ढुंगानालाई नियुक्त गरेको थियो । नियुक्त पदाधिकारीहरुसँग मन्त्री बस्नेतले बिहीबार नै बैठक गरेका थिए । न्याम्स कार्यकारीको बैठकले उक्त निर्णय गराउन निर्देशन दिएका थिए । सोही आधारमा वीरले निःशुल्क गराउने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु